पुम्सेमा मलेसिया र फाइटमा नेपाल सफल

काठमाडौं । आयोजक नेपालको युनाइटेड तेक्वान्दो डोजाङ तेस्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा क्याडेट र जुनियर दुवैतर्पm टिम च्याम्पियन भएको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा आइतबार सम्पन्न च्याम्पियनसिपमा महिला/पुरुषको फाइटमा क्याडेटतर्पm ६ स्वर्ण र जुनियरमा तीन स्वर्ण एक रजत र ३ कांस्यका साथ नेपालको युनाइटेड तेक्वान्दो डोजाङ दुई विधामा टिम च्याम्पियन बन्न सफल भयो । क्याडेटमा सुर्खेत जिल्ला तीन स्वर्ण, २ रजत र एक कांस्यका साथ दोस्रो तथा लैनचौर डोजाङ दुई स्वर्ण, ३ रजत र दुई कांस्य जित्दै तेस्रो स्थानमा रहन सफल भयो ।

युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा भएको च्याम्पियनसिपको जुनियरतर्पm भने सीतापाइला तेक्वान्दो डोजाङ दुई स्वर्ण र एक रजत तथा दिलिप स्मृति डोजाङ दुई स्वर्ण र एक रजतका साथ तेस्रो बन्न सफल भयो । सिनियरको फाइटमा भने भारतको दुई टोलीले शीर्ष दुई स्थान प्राप्त गर्दा नेपालको भ्याली डिभिजन तेस्रो स्थानमा खुम्चियो । क्याडेट फाइटतर्पm महिलामा नेपालका पूजा कुँवर र पुरुषमा महेन्द्र विक उत्कृष्ट खेलाडी चयन भए ।

जुनियरको पुरुषमा नेपालकै सरोज मगर र महिलामा आयसा लामा तथा सिनियरतर्पm पुरुषमा भारतका नरप्रीत सिंह र महिला अस्ट्रेलियाकी कातिन्का पेनकेथ उत्कृष्ट खेलाडी घोषित भए । पुम्सेतर्पm भने मलेसिया च्याम्पियन बन्न सफल भयो । मलेसियाले व्यक्तिगत, पेयर र टिममा गरी सर्वाधिक ७ स्वर्ण जितेको थियो । नेपालकै जेसिस स्कुल दोस्रो र माइति नेपाल तेस्रो स्थानमा रह्यो ।

जेसिसले तीन स्वर्ण, दुई रजत र २ कांस्य तथा माइती नेपालले तीन स्वर्ण र दुई रजत जितेको थियो । व्यक्तिगत पुम्सेतर्पm पुरुषमा मलेसियाका अनुवास सरात र महिलामा पनि मलेसियाकै नुर इर्दिना उत्कृष्ट खेलाडी चयन भए । पेयर पुम्सेमा भने नेपालको जेसिस स्कुलका योवेन्दन दाहाल र मोनिका मगरको जोडी उत्कृष्ट जोडी घोषित भयो । पुरुषको टिम पुम्सेमा नेपालको सीतापाइला डोजाङ तथा महिलामा स्युचाटार डोजाङ उत्कृष्ट टोली बन्न सफल भयो ।

आइतबार सम्पन्न फाइटतर्पm सिनियर पुरुषमा ८० केजीमुनि नेपालको विष्णु दाहालले स्वर्ण जित्दा घरेलु प्रतिद्वन्द्वी जोन राउतलाई हराए । भारतका अक्षकुमार जैन्त र नेपालका गकुल खत्री तेस्रो भयो । ६३ केजीमुनि भएको रोमाञ्चक फाइनलमा नेपालका कपिल थापाले भारतका शर्माशेर सिंहमाथि २१–२० स्कोरको जित रच्दै स्वर्ण दिलाएका थिए । यस तौलमा नेपालका नवीन केसी र भारतका रमेश तेस्रो स्थानमा खुम्चिए ।

७४ केजीमुनि भारतीय खेलाडी हाबी हुँदा नवप्रीत सिंहले स्वर्ण र अविजित सिंहले रजत पदक जिते । नेपालका चित्रबहादुर अधिकारी र कैलाश थारु तेस्रो भए । ६८ केजीमुनि भारतका सुनील कुमारले नेपालका ज्ञानबहादुर श्रेष्ठलाई हराउँदै स्वर्ण जिते । नेपालका किसन खत्री र सरोज बुढाथोकी तेस्रो भए । ५८ केजी तौलसमूहमा नेपालका सागर मृङचिङले स्वर्ण जित्न नेपालकै विक्रान्त डंगोललाई हराए ।

गत शुक्रबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपालसहित १४ राष्ट्रका आठ सय ६५ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका थिए । टाइगर्स ब्रुअरी प्रालिको मुख्य प्रायोजनमा सञ्चालित च्याम्पियनसिपमा नेपालका सातै प्रदेशबाट ६ सय ५० र अन्य १३ राष्ट्रबाट दुई सय १५ खेलाडीले एक सय १४ स्वर्णका लागि प्रतिस्पर्धा गरेका हुन् ।

च्याम्पियनसिपमा दक्षिण एसियाका भारत, बंगलादेश, श्रीलंका, भुटान तथा दक्षिण एसियाबाहिरका दक्षिण कोरिया, मलेसिया, जापान, मकाउ, चीन, अस्ट्रेलिया, जर्मनी, अमेरिका र क्यानडाका खेलाडीले ग्योरोगी र पुम्सेमा प्रतिस्पर्धा गरेका थिए । च्याम्पियनसिपको फाइटमा क्याडेटतर्पm पुरुष तथा महिला दुवैमा आठ तौल समूह, जुनियर (१५ देखि १७ वर्ष) तर्फ पुरुष र महिलाले सात तौलसमूह, सिनियरको महिला र पुरुषमा आठ तौलसमूहमा खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया