अज्ञात समुहको गोलीबाट रुपन्देहीमा एकको मृत्यु

बुटवल । अज्ञात समुहको गोली प्रहार बाट रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं– ३ मा अज्ञात समूहको गोली लागेर एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले गोली लागेर एकको मृत्यु भएको पुष्टी गरेका हुन् । आइतबार दिउँसो अज्ञात व्यक्तिको गोली लागेर ओमसटिया– ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको हो ।

कुर्मी लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा धकधई जाँदै थिए । उनको बायाँ कुममा गोली लागेको थियो । गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्नेको खोजी भइरहेको छ ।

प्रतिक्रिया