बिबिबिएचएस फुटबलमा २४ टिम

काठमाडौं । बाल विकास बोर्डिङ मावि (बिबिबिएचएस ) को आयोजनामा प्रथम बिबिबिएचएस अन्तरविद्यालय फुटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा आयोजकको दुइ टोलीसहित कुल २४ टोलीको सहभागिता रहने आयोजक बिबिबिएचएसका प्रिन्सिपल महेशकुमार श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितामा बिबिबिएचएससहित स्केम्स, आश्रम, पञ्चकन्या, श्री बूढानीलकण्ठ, गणेश मावि, फ्युजन एकेडेमी, भ्याली पब्लिक, भद्रकाली, सेन्ट जेभियर्स, टिआइए, ओडिसी इन्टरनेसनल स्कुल, त्रिवेणी सदन, इलिमेन, इडेन ब्रिज एकेडेमी (इबिए), त्रिकोण पब्लिक, विट्स एकेडेमी, थ्री स्टार, काठमाडौं भ्याली, शिशु मिलन, ओम, बिएमसी र ध्रुवताराको सहभागिता रहनेछ ।

प्रिन्सिपल श्रेष्ठले विशेषगरी उत्तरभेगीय क्षेत्रमा रहेका विद्यालयका प्रतिभावन खेलाडीको पहिचान गर्ने र विद्यालयबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए । प्रतियोगितामा कक्षा १० सम्ममा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउने प्रावधान छ । भदौ २९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू बूढानीलकण्ठ स्कुलमा खेलाइनेछ । प्रतियोगिता बिबिबिएचएसको २५औँ वार्षिकोत्सवमा अवसरमा हुन लागेको हो ।

प्रतिक्रिया