सेन्ट्रल जोन : किर्गिस्तान र उज्वेकिस्तान फाइनलमा

काठमाडौं । पाचौं संस्करणको एभिसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिप उपाधिका लागि किर्गिस्तान र उज्वेकिस्तानको भिडन्त हुने भएको छ । साविक विजेता तुर्कमिनिस्तानलाई हराउँदै कीर्गिस्तान र मालदिभ्सलाई हराउँदै उज्वेकिस्तानले फाइलनको भेट पक्का गरेका हुन् ।  लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा बिहीबार पहिलो सेमिफाइनलमा तुर्कमिनिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै किर्गिस्तान उपाधि नजिक पुगेको हो । किर्गिस्तानले फाइनलमा उज्वेकिस्तानसँग शनिबार फाइनल खेल्नेछ ।

पहिलो र चौथो संस्करणको विजेता तुर्कमिनिस्तानले भने अब तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । तेस्रो संस्करणको च्याम्पियन किर्गिस्तानलाई बिहीबार तुर्कमिनिस्तानलाई २५–१४, २५–१५ र २५–२२ ले पराजित गरेको थियो । किर्गिस्तान र उज्वेकिस्तान च्याम्प्यिनसिपका दुई अपराजित टोली हुन् । बिहीबार भएको दोस्रो सेमिफाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै उज्वेकिस्तान उपाधि नजिक पुगेको हो ।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा उज्वेकिस्तानले माल्दिभ्सलाई २५–२०, २५–१९ र २५–२१ को सेटमा पराजित ग¥यो । अब उज्वेकिस्तानले उपाधिका लागि किर्गिस्तानको सामना गर्नेछ । फाइनल खेल शनिबार हुनेछ । बिहीबार नै भएको पहिलो सेमिफाइनलमा तुर्कमिनिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै किर्गिस्तानले फाइनलमा स्थान बनाएको थियो । अब माल्दिभ्सले भने तेस्रो स्थानका लागि शुक्रबार तुर्कमिनिस्तानसँग खेल्नेछ । यस्तै नेपालले पाँचौँ स्थानका लागि अफगानिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया