रावा बैंक र बैंकिङ इन्ष्टिच्युटबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेसनल बैंकिङ इन्ष्टिच्युटबीच बैंकिङ तालिम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले हस्ताक्षर गरे ।

त्यसक्रममा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कर्मचारीहरुको दक्षता अभिवृद्धिबाट नै बैंकले दिगो प्रगति हासिल गर्न सक्ने बताए । इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सुब्बाले बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंक मार्गदर्शनको रुपमा रहेकोले बजारले यस बैंकलाई नियालिरहेको बताए ।

उक्त सम्झौता भएपश्चात आव २०७६/०७७ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि नेशनल बैंकिङ इन्ष्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ तालिम प्रदान गर्ने छ ।

प्रतिक्रिया