राखेपद्वारा सफ्ट टेनिसलाई कोर्ट हस्तान्तरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले सातदोबाटोमा नवनिर्मित सफ्ट टेनिस कोर्ट संघलाई हस्तान्तरण गरेका छन् । सदस्यसचिव सिलवालले सोमबार त्रिपुरेश्वरस्थित सदस्यसचिवको कार्यालयमा संघका अध्यक्ष विनय विक्रम शाहलाई साँचो प्रदान गर्दै नवनिर्मित कोर्ट हस्तान्तरण गरेका हुन् । आफ्नै कोर्ट नभएका कारण विभिन्न स्थानमा खेलाडीहरूलाई प्रशिक्षण प्रदान गर्दै आएको संघले अब आफ्नै कोर्टमा खेलाडीहरूलाई प्रशिक्षण प्रदान गर्नेछ ।

प्रतिक्रिया