श्रीलंका क्रिकेटका प्रशिक्षक हटाउन निर्देशन

एजेन्सी, कोलम्बो । श्रीलंकाली टिमका प्रशिक्षक चन्डिका हतुरुसिंघालाई बर्खास्त गर्न खेलकुद मन्त्री हारिन फर्नान्डोले आदेश दिएका छन् । यो काम उनले विश्वकप अघि नै गर्न चाहे पनि त्यतिबेला गर्न सकेका थिएनन् । तर आइसिसी विश्वकप क्रिकेटमा श्रीलंकाको प्रदर्शनका कारण उनलाई हटाउने विषयमा मन्त्रीको इच्छा पूरा हुने भएको छ ।

श्रीलंकाले इंग्ल्यान्डमा खेलेका ९ मध्ये तीन खेलमा मात्र जित हात पारेर समूह चरणबाट आउट भएको थियो । श्रीलंका क्रिकेट स्रोतकाअनुसार प्रशिक्षक चन्द्रिका हतुरुसिंघा र उनका सहायकहरूलाई बंगलादेश शृंखलापछि हटाइनेछ । बंगलादेशको टिम २६ जुलाईदेखि सुरु हुने सिरिज खेल्न शनिबार कोलम्बो पुगेको छ । श्रीलंकाले घरेलु मैदानमा तीन एकदिवसीय क्रिकेट खेल्दै छ ।

पछिल्ला समय श्रीलंकाका हिंसात्मक घटना भएपछि पहिलोपटक कुनै पनि देश त्यहाँ प्रतियोगिता खेल्ने आएको हो । उक्त द्वन्द्वमा २ सय ५८ जनाको मारिँदा ४५ जना विदेशी थिए । तर, पनि श्रीलंकाले बंगलादेशलाई घरेलु मैदानमा खेलाउन सफल भयो । यद्यपि, यो शृंखलापछि भने श्रीलंकाले आफ्नो प्रशिक्षण टोली परिवर्तन गर्ने योजना चर्चा चलिरहेको छ ।

श्रीलंकाका खेलकुद मन्त्री हरिन फर्नान्डोले नै विश्वकप लगत्तै प्रशिक्षकलाई हटाउने चाहाना बनारहेका थिए । ‘विश्वकपको नतिजा पछि नै मन्त्री फर्नान्डोका चाहाना प्रशिक्षकलाई बर्खास्त गर्ने योजना थिए,’ ती अधिकारीले भने, ‘तर यसपटक बंगलादेशसँगको शृंखलापछि नै बर्खास्त गर्न निर्देशन दिएका छन् ।’

पछिल्ला समयमा दबाबमा रहेका प्रशिक्षक चन्डिकाले भने केही हप्ता अगाडिदेखि नै आफ्नो सम्झौता अवधिसम्म आफू रहने दाबी गर्दै आइरहेका छन् । ‘मेरो सम्झौता अवधि अझै १६ महिना बाँकी छ,’ प्रशिक्षक चन्डिकाले भने, ‘मलाई आशा छ, त्यो अवधिसम्म म रहनेछु ।’ प्रशिक्षक चन्डिकाले टोलीका व्यवस्थापकहरू पनि हारको जिम्मेवारी लिनुपर्ने बताउँदै आएका छन् ।

यता, बंगलादेशसँगको शृंखलामा राम्रो नतिजा दिन सके प्रशिक्षक चन्डिकालाई पनि केही राहत मिल्नेछ । श्रीलंकाले घरेलु मैदानमा पहिलो खेल आगामी शुक्रबार, २८ जुलाई (आइतबार) अन्तिम खेल कोलम्बोस्थित प्रेमादासा स्टेडियममा जुलाइ ३१ (बुधबार) हुनेछन् । त्यसपछि प्रशिक्षक चन्डिकासँगै फिल्डिङ प्रशिक्षक स्टिभ रिक्सन, ब्याटिङ प्रशिक्षक जोन लिविस र तीव्र गतिका बलर रुमेश रत्नायाकेलाई पनि हटाउने तयारी भइरहेको छ । बंगलादेशमा तीन वर्षको प्रशिक्षण अवधि राम्रो बनाएका चन्डिका सन् २०१७ मा श्रीलंका आएपछि भने घरेलु टोलीको क्रिकेट धरासयी बन्दै गएको छ ।

प्रतिक्रिया