पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

धादिङ । जिल्लाको बेनिघाट रोराङ गाउँपालिकास्थित बेनिघाट बजार नजिकै सडक माथिको डाँडाबाट माटो र गिर्खा ढुंगासहितको लेदो खस्दा दुईतर्फी बन्द भएको पृथ्वी राजमार्ग एकातर्फी रूपमा सञ्चालनमा आएको छ ।

शुक्रबार साढे १२ बजेदेखि बेनिघाट रोराङ गाउँपालिकास्थित बेनिघाट बजार नजिकै बाँदरे मोडमा लेदो सहितको पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग डोजर, नेपाल प्रहरी र ट्राफिक प्रहरी सहितको टोली परिचालन गरिएपछि सञ्चालनमा आएको हो ।

डोजरको सहायतामा उक्त बाटो एकतर्फी चल्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख हेमराज घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया