१० नम्बर जर्सी नछोउ !’

एजेन्सी, नेपोली । अर्जेन्टिनी महान फुटबल खेलाडी डिएगो म्यारोडोनाका छोराले हामेस रोड्रिग्वेज एसएससी नेपोली जाने खबरले आफू उत्साहित भएको बताएको छन् । रियल म्याड्रिडबाट दुई वर्षका लागि बायर्न म्युनिख पुगेका कोलम्बियन स्टार रोड्रिग्वेजले अब इटालियन क्लब रोज्ने अनुमान गरिएको छ ।

उनी नेपोली जाने भन्ने समाचारमा मैले हरेक पटक कमेन्ट गरेको छु, म्यारोडोनाका छोराले भनेका छन् ‘म एक किसिमले उनीमाथि दबाब पनि बनाइएरहेको छु । हालै उनले मेरो कमेन्टमा लाइक पनि गरेका छन् ।’

रोड्रिग्वेज नेपोली जानु आफ्नो सपना पूरा भए सरह हुने पनि म्यारोडोना जुनियरले बताएका छन् । ‘उनी प्रतिभावान खेलाडी हुन् । उनको बायाँ खुट्टा निकै राम्रो चल्छ । उनको आबद्धताले क्लबले राम्रो गर्न सक्छ,’ उनले भने, ‘उनलाई सहरले खुला मनले स्वागत गर्नेछन् । मलाई विश्वास छ उनले आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्नेछन् ।’

८० र ९० को दशकमा म्यारोडोनाले सफल सिजनहरू बिताएका थिए । जसले उनलाई त्यहाँ सम्मानका साथ हेरिन्छ । तर, म्याराडोनाका छोराले आफ्नो बाबुले लगाउने जर्सी १० का विषयमा बिर्सन भनेका छन् । ‘१० नम्बर जर्सी नछोउ । त्यो हाम्रो परिवारको सम्पत्ती हो । त्यो मेरो बुबाको हो ,’ उनले भनेका छन् ,‘पहिला हिगुइन गोन्जालोलाई दिइने हल्ला थियो ।’ नेपोलीले म्याराडोनाको सम्मानमा उनको सन्यासपछि कुनै खेलाडीलाई १० नम्बर जर्सी लगाउन दिएको छैन ।

प्रतिक्रिया