एनआईसी एशिया र विराटनगर अस्पतालबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र विराटनगर अस्पताल मुनालपथ, विराटनगरबीच बैंकका कर्मचारीलाई विराटनगर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५५ सम्मको छुट दिने सम्झौता भएको छ । बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १०५ सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं १ अन्तर्गत विराटनगर उपप्रादेशिक कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्य र विराटनगर अस्पतालको तर्फबाट अस्पतालका निर्देशक डा. सुशील तपरियाले हस्ताक्षर गरे । बैंकको मुलुकभर २८६ शाखा कार्यालयहरु, ३०० एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४० वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया