एजेन्सी, ब्राजिल । कोपा अमेरिकाको उपाधि ब्राजिलले जितेको छ । फाइनलमा पेरूलाई ३–१ ले हराउँदै ब्राजिलले १२ वर्षको उपाधिको खडेरी अन्त्य गरेको छ । रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको फाइनलमा ग्याब्रियल जेससले एउटा गोल, एउटा एसिस्ट र त्यसपछि रातो कार्ड पाएर बाहिरिएको खेलको बाजी ब्राजिलले मा¥यो ।
पाउलो गुएर्रोले पहिलो हाफमा गोल गर्दै पेरूलाई आशा जगाएका थिए । तर, जित भने दिलाउन सकेनन् । अन्तिम २० मिनेट दश खेलाडीमा सीमित बनेको आयोजक ब्राजिलले पेरूलाई ३–१ ले हराउँदै आइतबार कोपा अमेरिकाको उपाधि उचालेको छ । मारकाना स्टेडियममा आइतबार भएको खेलमा ब्राजिलले पहिलो हाफमा दुई गोल गर्दा एक गोल खाएको थियो भने दोस्रो हाफमा एक गोल गर्दै जित सुनिश्चित गरेको थियो ।
सेमिफाइनलमा उपाधि दाबेदार मानिएको टोली अर्जेन्टिनालाई हराउँदै उपाधिनजिक पुगेको ब्राजिलको जितमा एभर्टन, ग्याब्रियल जिसस र रिचार्लिसनले समान १÷१ गोल गर्दा पेरूका लागि जोजे पाओलो गुइरेरोले पेनाल्टीबाट एक गोल गर्न सफल भएका थिए । कोपा अमेरिकाको नवौं पटक उपाधि जितेको ब्राजिलले २००७ पछि उपाधि जित्न सफल भएको हो । खेलमा ब्राजिलले १५औं मिनेटमा एभर्टनको गोलबाट सुरूआती अग्रता लिएको थियो ।
जिससको पासमा उनले आकर्षक गोल गर्न सफल भएका थिए । त्यसपछि निकै आक्रामक देखिएको पेरूले पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा पेनाल्टीबाट गोल गर्दै खेलमा फर्किने संकेत देखायो । पेरूका कप्तान जोजे पाउलो गुइएरोले गोल गर्दै घरेलु टोलीविरूद्धको अग्रता छोट्याएका थिए । पहिलो हाफको सिटी बज्न बाँकी रहँदा उत्कृष्ट खेल प्रदर्शन गरेका जिससले गोल गर्दै घरेलु टोलीलाई पुनः अग्रता दिलाए ।
पहिलो हाफमा लिएको अग्रतापछि दोस्रो हाफमा संयमित हुँदै खेलेको ब्राजिलका लागि ७०औं मिनेटमा झट्का लाग्यो । दोहोरो पहेंलो कार्डको सामना गरेका जिसस मैदान बाहिरिँदा घरेलु टोली बाँकी २० मिनेट १० खेलाडीमा सीमित बनेको थियो । यद्यपि ब्राजिलविरूद्ध पेरूले फाइदा उठाउन सकेन । अन्तिम मिनेटमा ब्राजिलका रिर्चालिसनले पेनाल्टीबाट गोल गर्दै जितलाई सुनिश्चित गरे ।
पेरूका रक्षक कार्लोस जामब्रानोले ब्राजिलका स्ट्राइकर एभर्टनलाई धकेलेपछि रेफ्रीले ब्राजिललाई पेनाल्टीको अवसर दिएका थिए । पेनाल्टी प्रहारमा आएका रिर्चालिसनले बललाई जाली चुमाए र आयोजक उपाधि उचाल्न सफल भयो । हामीलाई जित निकै नै महत्वपूर्ण रहेको छ । हामीले समूहमा गरेको मिहिनेत मैदानमा देखिएको छ,’ ब्राजिलका कप्तान ड्यानी आल्भेसले भने ।
२००७ पछि मात्र कोपा अमेरिकाको उपाधि उचालेको ब्राजिलले क्वार्टरफाइनलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो भने अन्तिम चारको खेलमा अर्जेन्टिनालाई २–१ ले पराजित गरेको थियो । यस्तै फाइनलमा स्तब्ध बनेको पेरूले क्वार्टरफाइनलमा उरूग्वेलाई पराजित गरेको थियो भने सेमिफाइनलमा साबिक विजेता चिलीलाई ३–० ले स्तब्ध बनाउँदै उपाधिनजिक पुगेको थियो ।
प्रतिक्रिया