मल्लिकालाई नेपाल्स स्टारको ताज

काठमाडौं । १५ प्रतिस्पर्धीलाई पछि पार्दै ‘नेपाल स्टार मोडल २०१९’ को ताज मल्लिका बुढाथोकीले चुम्न सफल भएकी छन् । शीर्षसहित उनले मोस्ट ब्युटिफुल उपाधिसमेत हात परेकी छन् ।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतिस्पर्धामा सृजना मैनाली फस्ट रनरअप र सुभाष तामाङले सेकेन्ड रनरअपको उपाधि जिते । मैनालीले बेस्टवाक, मोस्ट फ्रेन्डली उपाधि हात पार्दा तामाङले मोस्ट कन्फिडेन्ट उपाधि हात पारे ।

सिद्धि मिडिया आयोजक रहेको प्रतियोगितामा सागर श्रेष्ठले मल्टिमिडिया च्वाइस, भ्युअर च्वाइस्, मोस्ट पपुलर, मोस्ट ट्यालेन्ट गरी ४ उपाधि जित्न सफल भए ।

उक्त प्रतिस्पर्धामा अभिनेत्री संचिता लुईटेल, समाजसेवी कृष्ण देवकोटा, नेपाल्स चब्बी मोडलको फस्ट रनरअप मिनु तामाङ, जीना ताम्राकार, अनिलवीर सिंह तुलाधर निर्णायक रहेका थिए ।

१६ देखि ४० वर्षसम्मका विवाहित, अविवाहित विद्यार्थी, गृहिणी, कामकाजी व्यक्ति, शिक्षक, कर्मचारी, व्यवसायी लगायत व्यक्तिलाई उपयुक्त अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता गरिएको आयोजक सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए ।

प्रतिक्रिया