अर्घाखाँचीको सुपाखोलामा जीप दुर्घटना, दुईको मृत्यु, पाँच घाइते

काठमाडौँ । अर्घाखाँची जिल्लाको सुपाखोलामा आज जीप दुर्घटना भएको छ । बिहान भएको उक्त दुर्घटनामा दुई जनाको घटनास्थलमै ज्यान गएको छ भने पाँच जना गम्भीर भएका छन् ।

कपिलवस्तुको कृष्णनगरबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जाँदै गरेको लु १ ज १३२९ नम्बरको जिप सुपाखोलाको उकालोमा ब्रेक फेल भएर सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउँनेमा सोही जीपका चालक भूमिकास्थान नगरपालिका–३ धारापानीका सुमन्त भुसाल रहेका छन् भने अर्का एकजनाको परिचय खुलेको छैन । प्रहरीले दिएको जानकारी अनुसार घाइते पाँच जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा लगिएको छ

प्रतिक्रिया