थहिटि भवनबाट सिटिजन्स बैंकको सेवा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थहिटि शाखा कार्यालयबाट बैंकिंग कारोबार संचालन गरेको छ । सुविधा सम्पन्न भवनबाट थप छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिंङ सेवा प्रदानगर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायीकर्जा, लगायतका वित्तीय सेवाहरु छिटो र छरितो रूपमा ग्राहकलाई प्रदान गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया