स्याङ्जाको नेपाली साहित्यको समग्र इतिहास लेखिएकै छैन । घनश्याम ढकाल, डा.महेश्वर शर्मा, डा.अच्चुतशरण अर्याल, प्रा.फणीन्द्र काफ्ले र विश्वप्रेम अधिकारी आदिले फुटकर लेख लेखेर प्रारम्भिक चरणको गतिविधिसम्म दिएको पाइन्छ । युवापुस्तामा मिलन समीरले क्रमशः थप्ने काम गरेका छन् ।
समीक्षा–समालोचनामा कलम चलाउनेको ध्यान इतिहास लेखनतिर तानिएको भने छैन । इतिहास निष्पक्ष हुनुपर्छ । चाहे राजनीति होस्, चाहे सामाजिक, सांस्कृतिक, साहित्यिक र शैक्षिक होस् । इतिहाससँग सम्वद्ध फुटकर लेखहरू स्याङ्जाबाट प्रकाशित ‘रजस्थल’, ‘सगुन’ (हाल बन्द) र ‘ज्याग्दीखोलाको तरंग’ मा केही प्रकाशित भएका छन् । साठीको दशकमा ‘विचार’ साप्ताहिकमा र पोखराबाट प्रकाशित ‘प्रज्ञापराग’ वर्ष १ अंक १ मा प्रा.हुमकान्त पाण्डेजीको ‘नेपाली कवितामा पश्चिमाञ्चलको योगदान ’शीर्षकमा एउटा लेख छापिएको थियो ।
स्याङ्जा पश्चिमाञ्चलभित्रकै जिल्ला हो । इतिहास लेख्नेले सामग्री खोज्नप¥यो, पढ्न प¥यो नि । स्याङ्जाली साहित्यकारका सिर्जनाका स्तर र प्रवृत्तिबारे जानकारी दिँदै डा.घनश्याम न्यौपाने, प्रा.कपिल अज्ञात, सहप्रध्यापक पूर्णप्रसाद अधिकारी, प्रा.डा.गोविन्दराज भट्टराई, प्रा.डा.रविलाल अधिकारी आदिले आप्mना फुटकर लेखमार्फत् प्रशस्त÷संक्षिप्त जानकारी दिएका छन् ।
स्याङ्जाकै पनि विश्वप्रेम अधिकारी, पशुपति पाण्डे, लक्ष्मी रेग्मी, देवीप्रसाद वनवासी र प्रमोद पंज्ञानीका समीक्षात्मक लेखका माध्यमबाट साहित्यको इतिहास लेख्नेलाई महत्वपूर्ण सूचना सामग्रीप्राप्त हुन सक्छन् । स्याङ्जामा बसेर मगरभाषाका कवि लेखकहरूबारे लोकबहादुर थापा मगरका लेख र गोष्ठीपत्रबाट सूचनाप्राप्त गर्न सकिन्छ । केही लेखकले वैचारिक धरातलमा उभिएर आप्mना सहपाठी, सहकर्मीका बारे लेखहरू पनि लेख्नुभएको छ । ती लेखबाट केही न केही सूचना प्राप्त हुन सक्दछन् ।
‘तपाईंको –‘स्याङ्जाको साहित्यको इतिहास कसरी बढेको छ’ भन्ने प्रश्नको उत्तरमा मैले लेख्न खोज्नेका लागि सूचना एकीकृत गर्न सकिने स्रोतबारे केही जानकारी दिएँ । ऐलेसम्म स्याङ्जाली लेखक कविका कृतिहरू चार सयभन्दा बढी छन् कि भन्ने लाग्छ मलाई । कविता–काव्य, कथा–लघुकथा र उपन्यास, निबन्ध, प्रबन्ध र यात्रा–स्मरण यी सबैमा स्याङ्जालीले कलम चलाएका छन् । समालोचनाको क्षेत्रमा पनि खँदिला–रसिला भन्नपर्ने पुस्तक आएका छन् । नाट्य विधामा भने स्याङ्जा अलि पछि छ ।
प्रचारात्मक विषय केन्द्रित कसैका केही भए पनि पूणांकी नाटक मैले पढेको छैन । लघुएकांकीहरू पत्रपत्रिकामा छापिएको पाइन्छ । अब उप्रान्त स्याङ्जाको नेपाली साहित्यको इतिहास लेख्नेले कसरी अघि बढेको छ ? सचेततापूर्वक खोज्नप¥यो, अब कसरी अगाडि बढाउने सोच्नप¥यो, स्याङ्जामा जन्मेर नेपाली साहित्यका विभिन्न विधामा योगदान दिनेहरूको बारेमा जानकारी लिन यहाँबाट प्रकाशित साहित्यक पत्रिकाबाट यथेष्ठ जानकारी लिन सकिन्छ । साहित्यक पत्रकारितामा लामो इतिहास बनाएको रजस्थल त्रैमासिकका विभिन्न अंकहरू पाँचवटा विशेषांकहरूको पनि उपयोग गर्न सकिन्छ ।
प्रतिक्रिया