नेपालमा पनि संयुक्त राष्ट्रसंघले घोषणा गरेअनुसार अन्तर्राष्ट्रिय धान वर्ष सन् २००४ ९द्दण्टज्ञ० मनाउने सिलसिलामा कृषि क्षेत्रबाट विभिन्न प्रकारका जनचेतना जगाउने कार्यक्रमहरू सञ्चालन गरिएको थियो । यस स्तम्भकारको विशेष पहलमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अब प्रत्येक वर्षको असार १५ गतेलाई ‘राष्ट्रिय धान दिवस’ को रूपमा मनाउने घोषणा भएको थियो ।
सोहीअनुसार ०७६ साल जेठ २१ गते कृषि विभाग, हरिहर भवनमा महानिर्देशक तथा मूल समारोह समितिका अध्यक्ष सूर्यप्रसाद पौडेलको सभापतित्वमा बसेको मूल समारोह समितिको बैठकले नेपालभर ०७६ साल असार १५ गते, आइतबार सोह्रौँ ( १६औँ) राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, एवं धानको सुपर जोन, बर्दियाको राजापुर ८, धोविनीपुरमा विशेष रूपले भवय रूपमा मनाउने निर्णय ग¥योे । यस बर्षको ‘नारा धानखेतीमा प्रविधि र यान्त्रीकरण, चामल आयातमा न्यूनीकरण’ राख्ने निर्णय गरेको छ । संयुक्त राष्ट्रसंघको घोषणापश्चात् संसारमा प्रत्येक वर्ष निरन्तर रूपमा राष्ट्रिय धान दिवस मनाउने देश नेपाल मात्र हो ।
०७६ साल वैशाख ५ देखि १० गतेसम्म काठमाडौंमा बसेको मौसमसम्बन्धी विज्ञहरूको चौधौँ दक्षिण एसियाली जलवायु दृष्टिकोण मन्च ‘सास्कोप’र नेपालको जल तथा मौसम पूर्वानुमान शाखाले नेपालसहित समग्र दक्षिण एसियाको मनसुन विश्लेषण गर्दा नेपालको वर्षा पूर्वक्षेत्र, प्रदेश १, २, ३ र ५ मा औसतभन्दा कम र पश्चिम, अन्य प्रदेशमा औसत रहने ठहर गरेको छ ।
आर्थिक वर्ष ०७५–०७६ अनुसार नेपालमा १४ लाख ९१ हजार हेक्टरमा धानखेती भई ५६ लाख १० हजार मेट्रिक टक उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार ८ सय किलोग्राम प्रतिहेक्टर रहेको थियो । यस आर्थिक वर्ष ०७५–०७६ को गत १० महिनामा २७ अर्ब ९० करोड रूपैयाँ बरावरको चामल आयात भइसकेको छ । आर्थिक वर्ष ०७४–७५ अनुसार नेपालमा १४ लाख ६९ हजार ५ सय ४५ हेक्टरमा धानखेती भई ५१ लाख ५१ हजार ९ सय २५ मेट्रिक टक धान उत्पादन भएको थियो र उत्पादक्तव भने ३ हजार ५ सय ६ किलोग्राम प्रतिहेक्टर रहेको थियो ।
गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन १ दशमलव ४९ प्रतिशतले न्यून भएको जानकारी आएको छ । आर्थिक दृष्टिकोणले भन्ने हो भने नेपालमा धान उत्पादन एकखर्ब रूपैयाँभन्दा बढिको हुने गर्दछ । आर्थिक वर्ष ०७३–७४ अनुसार नेपालमा १५ लाख ५२ हजार ४ सय ९६ हेक्टरमा धानखेती भई ५२ लाख ३० हजार ३ सय २७ मेट्रिक टक उत्पादन भएको थियो र उत्पादक्तव भने ३ हजार ३ सय ६९ किलोग्राम प्रति हेक्टर रहेको थियो । धान उत्पादन १० प्रतिशतले वृद्धि हुँदा कुल ग्रार्हस्थ उत्पादन १ प्रतिशतले बढ्ने देखिन्छ ।
The QmatiQmical Portal अनलाइनमा प्रकाशित तथ्यांकअनुसार आर्थिक वर्ष ०७५–७६, ०७४–७५ र ०७३–७४ मा विश्वभर चामल उत्पादन क्रमशः ४ सय ८८ मिलियन टन, ४ सय ८५ मिलियन टन र ४ सय ८४ मिलियन टन उत्पादन भएको जानकारी छ । विश्वभर सबैभन्दा बढी धान उत्पादन गर्ने एघार देशहरूमा क्रमशः चीन, भारत, इन्डोनेसिया, बंगलादेश, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल, जापान र पाकिस्तान पर्दछन् ।
धान एक प्रमुख खाद्यान्न बाली हो र देशको आर्थिक वृद्धि नै धान उत्पादनमा भर परेको पाइन्छ । विभिन्न कारणहरूमध्ये जलवायु परिवर्तनले धान उत्पादनमा अहं भूमिका खेल्ने गर्छ । धानको उत्पादन राम्रो भयो भने देशको आर्थिक स्थिति माथि जान्छ र धानको उत्पादन घट्यो भने आर्थिक स्थिति तल खस्कन्छ । कुल खाद्यान्न उत्पादन र कृषि ग्रार्हस्थ उत्पादनमा धानको योगदान क्रमशः ५० र २१ प्रतिशत रहेको देखिन्छ ।
धानको ९० प्रतिशतभन्दा बढी उत्पादन र खपत एसियाली देशहरूमा हुने भएकोले धानले एसियालीहरूलाई एक स्थानमा ल्याउन सेतुको काम पनि गर्दछ । विश्वभरको अवस्था हेर्ने हो भने आधा जति जनसंख्या यानी ३ अर्ब ५० करोड जति मानिसको मुख्य खाद्यान्न चामल नै हो । एसियामा त खाद्यान्न भनेकै चामल भन्ने बुझिन्छ । फिलिपिन्सका मान्छेले त दिनमा तीन, चारपटक भात खाने गर्दछन् । जापानमा होन्डा, टोयोटा कम्पनीहरूले पनि धानको महत्वलाई मध्यनजर राखी आ–आफ्नो कम्पनीको नामहरू पनि धान खेतीसँगै जोडेर राखेका छन् । औद्योगिक देश भए पनि जापानीहरूले धानलाई राष्ट्रको सम्मानको रूपमा हेर्ने गरेका छन् ।
हालको अवस्थालाई मध्यनजर राख्दा, हरितगृह ग्यांसले गर्दा विश्वको तापक्रम बढदै जाँदा नेपालको उच्चपहाडको आवहवा मध्यपहाड जस्तो हुने र मध्यपहाड तराई जस्तो हुन सक्ने सम्भावना देखिन्छ । विश्वको तापक्रम बढाउने कारक्तत्वको रूपमा लिइने हरितगृह ग्यासहरूमा मुख्यतया कार्बनडाइअक्साइड, मिथेन, र नाइट्रस अक्साइड पर्दछन् । यीमध्ये नाइट्रस अक्साइडमा वातावरणीय उष्णता बढाउन सक्ने क्षमता धेरै हुने भए तापनि कार्बनडाइअक्साइडको परिमाण उच्च रहने हुनाले यसलाई प्रमुख हरितगृह ग्यासको रूपमा लिइन्छ । यी ग्यासहरूले परिवर्तित ताप सोसेर वायुमण्डलीय तापक्रम वृद्धि गराउँदछन् ।
औद्योगीकरणबाहेक बढ्दो वनजंगल विनास र फँडानीको कारण पनि वातावरणमा कार्बनको मात्रामा वृद्धि भइरहेको छ । वन जंगल बढाए विश्वको तापक्रम घट्दछ र वन जंगल नाश गरे तापक्रम बढदछ । कृषि, जैविक विविधतामा ह्रास, हिमताल विस्फोटन, हिमरेखा माथि सर्नु, दुर्लभ प्रजातिहरू लोप हुने संघारमा पुग्नु, नयाँनयाँ किसिमका रोग, कीरा देखा पर्नु, कृषिबाली उत्पादनमा कमी आउनु आदि सबै वातावरणीय उष्णता अथवा हरितगृह प्रभावका असरहरू हुन ।
हुन त स्थायी रूपमा हिउँ जमिरहने क्षेत्रमा बढी तापक्रले गर्दा हिउँ पग्लन गई सो कृषिको लागि अनुपयुक्त क्षेत्रलाई कृषिमा उपयोग गर्न पनि सकिन्छ र यस उदाहरणलाई फाइदाको रूपमा लिइएको छ । भनिन्छ, यदि तापक्रम १.५ देखि २.५ डिग्री सेल्सियससम्म वृद्धि हुँदा भारतमा ५० प्रतिशत जति जैविक विविधता खतरामा पर्नेछन् र सन् ०३० सम्म २५ प्रतिशत जति वनस्पति एवं पशुपंक्षीहरू लोप हुने अवस्थामा पुग्नेछन् भन्ने भनाइ छ ।
हिउँदमा वर्षाको कमीले गर्दा पशुवस्तुको लागि चरन तथा घाँसेबालीको उपलब्धतामा समस्या देखापर्ने हुन्छ । बढ्दो विश्व तापक्रमको सामना गर्न समय खेर नफाली सरकार समयमा नै जागरुक हुनु जरुरी हुनुपर्छ । हरितगृह ग्यासको मात्रा बढन गई विश्व तापक्रम बढदै जाँदा हिमाली हिउँ बरफ पग्लेपछि सुरुमा नदीहरूमा बाढी र आई क्रमशः नदी सुक्न गई पानीको कमी एवं खडेरी जस्ता प्राकृतिक आपत्–विपत्को सामना गर्नुपर्ने हुन्छ । भारतको पञ्जाब राज्यमा करिब ७–८ लाखको संख्यामा रहेको डिप ट्युबवेलबाट किसानहरूले निःशुल्क जमिन मुनिको पानी निरन्तर तान्दा, प्रत्येक वर्ष एक मिटरको दरले जमिनमुनिको पानीको स्तर घट्दै गएको समाचारहरूमा उल्लेख हुने गरेको छ ।
काठमाडौं उपत्यकामा पनि जमिनमुनिको पानीको स्तर घट्दै गएको उल्लेख भएको छ । इनार, कुवा, जरूवा आदिको मुहान सुक्दै गएको देखिन्छ । पूर्वानुमान गरिएअनुसार भारतमा सन् २०३० सम्म प्रतिव्यक्ति पानीको उपलब्धतामा ३० प्रतिशतले कमी आउनेछ । पानीको कमीले गर्दा कृषि उत्पादकत्व एवं उत्पादनमा कमी आई न्यून पानीको प्रभाव अति नै पर्नेछ र आउँदो ३० वर्षमा खाद्यान्नको उत्पादक्तवमा ३० प्रतिशतले कमी आउने बताइएको छ । तर, विश्वको जनसंख्या सन् ०५० सम्म ९ अर्ब पुग्ने र उनीहरूका लागि हालको भन्दा ७० प्रतिशतले खाद्यान्न उत्पादन वृद्धि गर्नुपर्ने हुन्छ । यसको साथै जलवायु परिवर्तनले गर्दा अर्को समस्या एवं चुनौती थपिएको छ ।
जलवायु परिवर्तनले गर्दा धानबालीमा पर्ने असरः फिलिपिन्सस्थित अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था, इरीका वैज्ञानिकहरूले जनाएअनुसार एक किलोग्राम धान उत्पादन गर्न ३,००० देखि ५,००० लिटर र एक हेक्टर जमिनमा धान उत्पादन गर्न करिब ८ लाख लिटर पानीको आवश्यकता पर्दछ । त्यसैले, धान काटेपछि खनजोत नै नगरी जिरोटिल विधिद्वारा गहुँं छर्दा पानीको करिब २५ प्रतिशतसम्म बचत हुनुको साथै गहुँको उत्पादन करिब २५ प्रतिशत बढाउन सकिएको कुरा स्वदेश एवं विदेशमा सञ्चालन गरिएका परीक्षणहरूले देखाएका छन् । पानीको बचत गर्न, थोपा सिँचाइ, फोहरा सिचाँइ, (Raingun irrigation, Zero-till, Alternate wetting and drying) गर्ने, हिलेको बदला धानमा धुले ब्याड राख्ने, रोपाइँको बदला जमिनमा सोझै धान छर्ने, जस्ता केही कृषि प्रविधिहरू अपनाउन सकिन्छ ।
साथै खडेरी सहने सुक्खाधान १, सुक्खाधान २, सुक्खाधान ३, सुक्खाधान ४, सुक्खाधान ५ र सुक्खाधान ६, नेपालमा उन्मोचन भएका छन् । करिब २ हप्तासम्म डुबान सहने स्वर्णा सब १, चेहराड, सब १ र साँवामन्सुली सब १ जस्ता धानको जातहरू पनि उन्मोचन भएका छन् । विन्देश्वरी, जानकी, राधा ४, तरहरा १, घैैया १ जस्ता धानको जातहरू उन्मोचन भइसकेका छन् । पछिल्लो समय उन्मोचन भएका सुक्खाधान ६, बहुगुणीधान १ र बहुगुणीधान २ ले त सुक्खा एवं डुबान दुवै अवस्था सहन गर्न सकिन्छ । बढ्दो जनसंख्यालाई घट्दो खेतीयोग्य जमिनबाट हातमुख जोडाउन ज्ञान, विज्ञान, नयाँ नयाँ विकसित कृषि प्रविधिहरू प्रयोग गरी हामीले थोरै जमिन र थोरै पानीबाट बढीभन्दा बढी कृषि उत्पादन गर्नुपरेको छ, भन्नुको मतलव भ्खभचथ मचयउ अयगलतक, Every drop counts, More crops per drop, Wise-use of water हो ।
अन्तर्राष्ट्रिय कृषि वैज्ञानिकहरूले, प्रकाससंश्लेषण (Photosynthesis) को हिसाबले ऋण धानबिरुवालाई मकैबालीजस्तो पद्धतिमा ढाल्न लागिपरेका छन् र यदि यो परीक्षण सफल भएमा थारै मल र कम पानीको प्रयोगले पनि संसारभरको हालको धान उत्पादन (चामलको हिसाबमा करिब ४ सय ८८ मिलियन टन) लाई सहजै ३० देखि ५० प्रतिशतसम्म बढाउन सकिनेछ ।
विश्वमा बढ्दो तापक्रमको प्रमुख कारक जथाभावी औद्योगिकीकरण रहेको आरोप चलिरहेकै वेला केही औद्योगिक मुलुकले एसियाली राष्ट्रको धानखेतबाट अत्यधिक मात्रामा उत्पादन हुने मिथेनग्याँस पनि उष्णीकरणको प्रमुख कारक रहेको बताएका छन् । पृथ्वीको वायुमण्डलमा तापक्रम बढाउन जिम्मेवार ग्याँसमध्येमा कार्बनडाइअक्साइड पहिलो नम्बरमा आउँछ भने मिथेन दोस्रोमा । वैज्ञानिकहरूका अनुसार वायुमण्डलमा तापक्रम सोस्नेमा मिथेन, कार्बनडाइ अक्साइडभन्दा २० गुना बढी प्रभावकारी मानिन्छ ।
अधिकांश मिथेनको स्रोत सिञ्चित धानखेत हो भने विश्वका ९० प्रतिशतभन्दा बढी धानको उत्पादन र खपत पनि एसियामै हुने हुँदा पश्चिमका मानिसहरूले, एसियाली मुलुकहरूलाई धानखेतमा ध्यान दिन विशेष आग्रहसमेत गरेका छन् । केही वर्षदेखि चर्चामा आएको SyQmem of Rice Intensification (SRI) पद्दति, नहिल्याई, झारपात व्यवस्थापन गरी सोझै धान छर्ने (Direct Seeded Rice (DSR), Alternate Wetting and Drying (AWD) जस्ता प्रविधिले धानखेतबाट मिथेन ग्यास उत्सर्जनमा कमी ल्याउनुको साथै कम पानी प्रयोग गरी धानखेती गर्न सकिन्छ ।
गाईबस्तुहरू पनि मिथेन ग्यासका प्रमुख कारक हुन र नेपालमा सफल भइरहेको गोबर ग्याँस प्लान्टले मिथेन ग्यासलाई खाना पकाउने काममा सदुपयोग गरी वायुमण्डलीय तापक्रम घटाउनसमेत सहयोग पुर्याइरहेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), मा गरिएको परीक्षणबाट गाईवस्तुलाई Urea Mineral Moljsses Block (UMMB) खुवाउँदा मिथेन उत्सर्जनमा करिब सात प्रतिशतले कमी आएको पाइयो । कम दूध उत्पादन दिने धेरै गाई, भँैसीका नश्लहरू पाल्नुभन्दा बढी उत्पादन दिने थोरै नश्लका गाई, भैँसी पालन गर्दा मिथेनग्याँस घटाई, विश्वको तापक्रममा कमी ल्याउन पनि सकिन्छ । भनिन्छ, विश्वको झन्डै एकतिहाइ हरितगृह ग्याँस उत्सर्जन अमेरिकाले मात्र गर्दछ । हुनतः भारतको प्रतिव्यक्ति ग्याँसको उत्सर्जन सरदर अमेरिकनभन्दा २५ गुनाले र युरोपियन भन्दा १५ गुनाले कमी रहेको बताइएको छ ।
फिलिपिन्सस्थित अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था, इरीले अध्ययन गरेको नतिजाअनुसार रातको न्यूनतम तापक्रममा १ डिग्रिसेल्सियस तापक्रम वृद्धि हुँदा १० प्रतिशत धानको उत्पादन घटेको पाइएको छ । विशेषगरी भारतजस्तो देशमा रातको औसत तापक्रममा १ डिग्री सेल्सियस बढदा धान उत्पादन सात प्रतिशतको दरले घट्दछ । रातको तापक्रम बढने क्रममा रहेको पाइएको छ । त्यस्तै, गरी हिउँदमा आधा डिग्री तापक्रम बढदा गहुँबालीको उत्पादन १७ प्रतिशतले घट्ने कुरा पनि कृषि अनुसन्धानबाट प्रमाणित भइसकेको छ । गरम बढ्दै जाने हो भने एक समय यस्तो आउँदा जुनवेला गहुँखेती हुनै छाड्दछ । उदाहरणको लागि श्रीलंकामा गहुँखेती हुँदैन ।
मध्यपहाडमा पर्ने काठमाडौं उपत्यकामा गरिएको परीक्षण अनुसार १ देखि २ डिग्री सेल्सियस तापक्रम वृद्धि हुँदा पनि हाललाई धान र गहुँबाली उत्पादनमा केही फरक परेको देखिएन तर तराईमा तापक्रम वृद्धि हुँदा उत्पादनमा नकारात्मक असर पर्दछ । तापक्रम वृद्धि हुँदा बाली पाक्ने समयमा कमी हुन गई उत्पादन कम हुने गर्दछ । बढ्दो तापक्रमको असर धानबालीलाई भन्दा गहुँबालीमा बढी पर्दछ र तापक्रम बढ्दै जाँदा तराईमा गहुँबाली खेती नहुन सक्छ । भनिन्छ, बढदो तामक्रमले गर्दा अब आउँदोे ५० वर्षपछि दक्षिण एसियाको गहुँबाली क्षेत्रफल आधा हुन जानेछ ।
उदाहरणको लागि धुलेब्याडको धानबेर्नाले हिलेब्याडको बेर्नाको तुलनामा बढी खडेरी सहन गर्ने क्षमता राख्दछ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले फिलिपिन्स स्थित अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था (इरी)सँग मिलेर गरेको परीक्षणपछि नेपालमा खडेरी र डुबान सहने धानबालीका जातहरू सिफारिस गरिसकेको छ । सुक्खाधान १, सुक्खाधान २ र सुक्खाधान ३, सुक्खाधान ४, सुक्खाधान ५ र सुक्खाधान ६ जस्ता धानका जातहरू सिंचित अवस्थामा पनि राम्रै उत्पादनदिन सक्ने कुरा सफल भइसकेको छ । डुवान एवं सुक्खासहने दुवै गुण भएका सुक्खाधान ६, बहुगुणीधान १ र बहुगुणीधान २ जस्ता धानका जातपनि सिफारिस भैसकेको छ ।
आजकाल धानबाली लगाउने समयमा पानी नपरी ढिलोपर्ने समस्या झेल्दै आएका कृषकहरूको लागि नार्कले काठमाडौं जस्तो मध्यपहाडमा श्रावण मध्यसम्म रोपाइँगर्दा पनि अन्य प्रचलित जातहरू भन्दा राम्रो उत्पादन दिन सक्ने क्षमता भएका खुमल १० र खुमल १३ जातहरू पनि उन्मोचन गराउन सफल भएको छ । जोरअंक भएको खुमल १० लाई मसिनो र बिजोर अंक भएको खुमल १३ जातलाई मोटोधान, चामल भनेर कृषक एवं उपभोक्ताहरूले बुझ्नु पर्दछ ।
जलवायु परिवर्तनको समस्या निराकरण गर्ने उद्देश्यले बिलगेट्सले इरीलाई बिल–मेलिन्डा गेट्स फाउन्डेसनअन्तर्गत आर्थिक सहयोग गरेको छ ।
विश्वमा हरितगृह ग्याँसको कारण बढ्दै गएको तापक्रमले गर्दा मौसममा आउने परिवर्तन र सो बाट कृषिको उत्पादक्तव एवं उत्पादनमा पर्ने नकारात्मक असरहरूलाई मध्यनजर राखी अब आइन्दा वातावरणीय दृष्टिकोणले समेत बढदो जनसंख्यालाई घट्दो खेतीयोग्य जमिनबाट हातमुख जोडाउन, खाद्यसुरक्षा, पोषणसुरक्षा, आयआर्जन, दिगोपना आदिलाई मनन् गरी कृषि अनुसन्धान एवं विकास रणनीतिको निक्र्यौल निकाल्नुपर्ने कुरा नितान्त आवश्यक भइसकेको देखिन्छ ।
त्यसैले, अब कृषि वैज्ञानिक, प्रजननकर्ता, प्राविधिक, कृषक र अन्य सम्बन्धित सरोकारवालाहरूकोे विशेष प्रयास भने बढी तापक्रम एवं सुक्खा, चिसो, तातो सहन, खप्न सक्ने विभिन्न बाली, तरकारी, फलफूल, चरन तथा घाँसेबालीका जात, माछाका प्रजाति र पशुका नश्ल, प्रविधि आदि विकासको साथै उपयोग गर्ने र पृथ्वीको तापक्रम घटाउन सहयोग गर्न सक्ने खेती गर्ने तौरतरिका, पशुपंक्षीपालन गर्ने पद्धतितर्फ केन्द्रित रहनु जरुरी देखिन्छ ।
लेखकः वरिष्ठ धानबाली विशेषज्ञ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट अवकाशप्राप्त व्यक्ति हुन् ।
प्रतिक्रिया