एसपी चतुर्बेदिको अर्को सफलता, ठुलो मात्रामा चरेससहित दुइलाई समाते

सिरहा । प्रहरी प्रमुख उमा प्रसाद चतुर्बेदिले जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयहरुमा विशेष अपरेशनका बारेमा जानकारी दिँदै व्यापक रुपमा प्रहरी परिचालन गर्दै आएको बताएका छन् । प्रहरी सेवामा लागेपछि आफ्नो सेवा अवधिभर समाजका लागि केहि गर्नुपर्छ भन्ने मान्यता राख्ने प्रहरी प्रमुख उमाप्रसाद चतुर्बेदि अएपछि छोटो समयमै लागुऔषध कारोवार गर्ने तथा प्रयोग गर्नेलाई कानुनी कठघरामा उभ्याउन सिरहा प्रहरी सफल भएको छ ।

पछिल्लो पटक सिरहा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित बरियारपट्टीबाट तीन युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले बरियारपट्टी गाउँपालिका–३ स्थित हवल्दारचोकबाट लागुऔषधसहित सिरहाको लहान नगरपालिका–२ निवासी ३१ वर्षीय सञ्जयकुमार महतो, लहान गरपालिका–८ निवासी २१ वर्षीय राजेश राय र लहान नगरपालिका– ७ निवासी ३४ वर्षीय रबि भुजेललाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध नाइट्रोसन ट्याब्लेट १० बरामद गरेको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै जिल्ला सिरहाको धनगढीमाई नगरपालिका- १० स्थित श्यामपुरबाट जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको बिशेष टोलीले लागूऔषधसहित २ जनालाई प्रक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका- ११ बस्ने ३० वर्षीय राम भगत महतो र धनगढीमाई नगरपालिका- १२ बस्ने ३५ वर्षीय रामेश्वर महतो रहेका छन् । उनको साथबाट ८.५ किलो चरेस बरामद गरिएको छ । तयारी अवस्थामा रहेको उक्त चरेस भारत तस्करी गर्न राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैमाथी थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लहानमा राखिएको छ ।

प्रतिक्रिया