प्रदेश तीनको पहिलो जित

कञ्चनपुर । प्रधानमन्त्री कप टी–२० महिला क्रिकेटमा प्रदेश–३ ले पहिलो जित निकालेको छ । उसले कर्णाली प्रदेशलाई ९० रनले हरायो । महेन्द्रनगरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश तीनले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ५६ रन बनायो । उसका लागि अस्मिता खरेलले २८ रन बनाइन भने अस्मिता कर्माचार्यले ४७ रनको योगदान गरिन् । यस्तै कञ्चना श्रेष्ठले २८ तथा सुमन खतिवडाले २१ रन थपिन् । जवाफमा कर्णाली प्रदेश १५ ओभर तीन बलमा मात्र ६६ रनमा अलआउट भयो ।

उसका लागि रुबिना चौधरीले २२ तथा लक्ष्मी रिमालले ११ रन बनाउनुबाहेक अरू खेलाडीले राम्रो खेल्न सकेनन् । उसका चार खेलाडीले खाता खोल्न सकेनन् । कर्णालीलाई कम स्कोरमा रोक्न खुसी डंगोलले ५ विकेट लिइन् । उनले एक ओभर तीन बलमा बिनारन ५ विकेट लिइन् । नेपाली महिला क्रिकेटमा एक रन पनि नदिइ ५ विकेट लिने खुसी पहिलो खेलाडी बनिन् । नेपाली पुरुष क्रिकेटमा पनि एक रन पनि खर्च नगरी ५ विकेट कसैले पनि लिएका छैनन् ।

प्रतिक्रिया