व्यावसायिक खेतीमा रमाएका वडाध्यक्ष

कालिकोट । ‘उखु खेती गरेरै पनि जीविकोपार्जन गर्न सकिन्छ । मैले सात वर्ष भयो उखु, तरकारी खेती र अन्य व्यवसायमा लागेको तर अहिले वडाध्यक्ष भए पनि धेरै ठाउँबाट अवसर पाएको छु, समाजले पनि मलाई गुलिया वडाध्यक्ष भनेर चिन्छ । र। म पनि सबैको अगाडि राम्रो र भलाद्मी वडाध्यक्ष भएर चिनिन चाहान्छु’, खाँडाचक्र नगरपालिका–११ का वडाध्यक्ष पुष्पराज गिरीले बताए ।

उनले भने, ‘६ जनाको परिवार छौँ । गाँस, वास, कपास भनेजस्तै म वडाध्यक्ष बनेबाट मैले कुनै ठाउँबाट पनि फाइदा लिन चाहेको छैन । घरपरिवार वडाध्यक्ष भएर ठाउँठाउँमा जानुभन्दा पनि आफ्नै घरपरिवारमा तरकारी खेती एवं घरको कामकाजमा सघाएमा राम्रो मान्छन् ।’

अध्यक्ष गिरीको घरखेतमा उखु, सुन्तला र आरूका धेरै बोटहरू लटरम्म फुलिरहेका छन् । अध्यक्ष पुष्पराज गिरी र उनी धर्मपत्नी सबै जना उखुलाई स्याहार गर्न र मलजल गर्न दिनभरी व्यस्त छन् । खाँडाचक्र नगरपालिका–११ मा कोही सुन्तला खेती गर्छन् त कोही स्याउ, आरू र उखु खेती गर्छन् । यिनै पेसाभित्रको उखु खेतीमा लागेका वडाध्यक्ष गिरीले सिजनको समयमा कमाएको पैसाले ५÷६ महिनासम्म खान पुग्ने कुरा सुनाउँदै सबै घरपरिवारहरू उखु खेतीमा लागेको बताउँछन् ।

अन्य वडाध्यक्षहरू कसैको लालच मोहमा फसी बदनामी कमाएको वेला आपूmले गुलिया वडाध्यक्ष भन्ने शव्द पाएको बताएका छन् । खाँडाचक्र नगरपालिकामा ११ वटा वडा छन् जसमा ११ वटा अध्यक्ष छन् । तर, सीपमूलक रूपमा तालिम लिई कुनै पनि अध्यक्षले जनताको गुनासो नबुझी काम गरेको बताउँदै आपूm भने जनताको गुनासोसँगै आफ्नो व्यावसायिक खेतीतर्फ लागेको बताएका छन् । सौर्य दैनिक संवाददाता हस्त चौलागार्इं (त्रिकाल) सँगको एक कुराकानीमा अध्यक्षले भने, ‘म खाडाचक्र नगरपालिकाको नगर पनि प्रवक्ता हुँ, मैले मेरो मात्रै सोझो चाहेको छैन तैपनि जनाताको गुनासोलाई सुनुवाई गर्दै सिंगो नगरको विकासका लागि सधैँभरी लागिपरेको छु ।’

उखु खेतीमा लागेका वडाध्यक्ष अहिले जनाताका गुनासा सुन्न र आफ्नो उखु बारीमा मलजल गर्दै दिन बित्ने गरेको छ । अध्यक्षको यो सहानुभूति काम देखेर अहिले अन्य वडाध्यक्षहरूले पनि कसैले होटल व्यावसायी त कसैले कृषि खेतीमा लागेको देखिन्छ । अध्यक्ष गिरीले भने, ‘पाँच वर्ष त वडाध्यक्ष भएर जीवन गुजारा गरुँला । त्यसपछिका दिन कसरी बित्लान् ? यही सोच राखेर उखु खेती, तरकारी खेतीलगायत घरपरिवारको समस्या बुझेर अगाडि बढ्न चाहान्छु ।’

प्रतिक्रिया