हिमालयन बैंकद्वारा बालबालिकालाई सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नागार्जुन नगरपलिका ५, सीतापाईला, आदेश्वरस्थित ‘हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होम’ का बालबालिकाहरूलाई सहयोग प्रदान गरेको छ । बैंकले हेल्पिङ ह्यान्ड्स चिल्ड्रेन होमका २४ जना बालबालिकाहरूलाई जुक्ताहरू तथा खाद्यान्नहरू ९चामल, दाल, खाने तेल आदि०, सावुन र खाना पकाउने ग्याँसहरू प्रदान गरेको छ । देशका विभिन्न स्थानका विभिन्न उमेर समूहका अनाथ बालबालिकाहरूलाई उक्त चिल्ड्रेन होमले आश्रय तथा उचित शिक्षा प्रदान गर्ने प्रबन्ध मिलाएकोे छ ।

बैंकका तर्फबाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामग्रीहरू हस्तान्तरण गरे । बैंकले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, बृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरूका लागि, चेतनामूलक कार्यक्रमहरू आदिमा समय समयमा विभिन्न किसिमका सहयोग र राहत सामग्रीहरू उपलब्ध गराउँदै आएको छ । हाल बैंकले ५९ वटा शाखा र एक सय २० वटा एटिएमबाट ग्राहकहरूका लागि समय सापेक्ष सुविधाहरू प्रदान गर्दै आइरहेको छ । बैंकले निकट भविष्यमा देशका विभिन्न स्थानहरूमा थप १४ वटा शाखाहरू बिस्तार गर्ने जनाएको छ ।

प्रतिक्रिया