कर्णाली नदीमा जीप खस्यो, यात्रु सबै बेपत्ता

काठमाडौँ । हुम्लाको खार्पुनाथ गाउँपालिका ५ कैलेबालुस्थित सडकबाट जीप कर्णाली नदीमा खस्दा सबए यात्रु बेपत्ता भएका छन् ।

खार्पुनाथबाट गाउँपालिकाको केन्द्र याञ्चुतर्फ जाँदै गरेको लु१ज७१६६ नम्बरको जीप कर्णालीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

सो दुर्घटनामा जीपसहित सवार सबै यात्रु बेपत्ता भएको हो । जीपमा कतिजना यात्रु थिए भन्ने एकिनसमेत नभएको प्रहरीले जानकारी दिएको छ । उद्धार एवं खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयको टोली हेलिकोप्टरबाट घटनास्थल पठाइएको बताइएको छ ।

प्रतिक्रिया