मनाङको यात्रा कठिन

काठमाडौं । एएफसी कपअन्तर्गत मिनर्भा पञ्जाबविरुद्धको होम म्याचमा मनाङले १–१ गोलको बराबरी खेलेको छ । यो बराबरीले मनाङको दोस्रो चरणमा पुग्ने सम्भावना झन कठिन बनेको छ ।  सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मनाङले मिनर्भाको एक गोलको अग्रता उल्ट्याएको हो । घरेलु दर्शकमाझ मनाङले पहिलो हाफमा सन्तोसजनक खेल खेल्न सकेन । खेलको १२औं मिनेटमा मिनर्वाको एक उत्कृष्ट प्रहार पोस्टको क्रस बारमा लागेर फर्किएको थियो । तर ३९औं मिनेटमा थोइवा सिंहले गोल गर्न सफल भए । मनाङको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै मिनर्भाले गोल गर्न सफल भए ।

एक गोलको अग्रता बनाएको मिनर्भाका प्रतिक जोशी पहिलो हाफको अन्तिममा दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीएपछि १० खेलाडीमा झ¥यो । पहिलो हाफमा एक गोलले पछि परेको मनाङले दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको थियो । तर ५९औं मिनेटमा अञ्जन विष्ट चुक्न पुगे भने ६७औं मिनेटमा ओलाओलेले सही दिशा दिन सकेनन् ।

८०औं मिनेटमा मनाङका अजिजले गोल गर्दै खेल बराबरीमा पु¥याए । खेलको अन्त्यतिर मिनर्भाले दुई वटा सुन्दर मौका पाएको थियो । तर दुवै प्रहारलाई मनाङले कठिन रुपमा बचाउ ग¥यो । खेलको इन्जुरी समयमा ओलाओलेको प्रहारलाई मिनर्भाका गोलकिपरले बचाए । यो बराबरीले मनाङको चार खेलबाट दुई अंक बनाएको छ भने मिनर्भाले चार अंक बनाएको छ ।

प्रतिक्रिया