जन्मदिनको उपहार : अनाथ बालबालिकालाई जुत्ता र मोजा

काठमाडौँ । समाजसेवी धना आचार्यले आफ्नो जन्मदिनको अवसर पारेर अनाथ बालबालिकालाई स्कुले जुत्ता र मोजा सहयोग गरेकी छन् । यही बैशाख ९ गतेका दिन आफु ३३ बर्ष पुरा गरेर ३४ मा प्रवेश गरेको अवसरमा काठमाडौँस्थीत तारकेश्वर नगरपालीका वडा नं ७ फुटुङमा सञ्चालित पोसिबल नेपाल नाम गरेको संस्थामा रहेर अध्यनरत अनाथ बालबालिका हरुलाई व्यक्तिगत रुपमा स्कुलमा लगाउने जुत्ता र मोजा सहयोग हस्तान्तरण गरेकी हुन् ।

बिगत २०७० सालमा दर्ता भएको उक्त संस्थाले देशका विभिन्न जिल्लाका अनाथ बालबालिकालाई पालन पोषण र शिक्षा दिइरहेको संस्थाका अध्यक्ष कपिल देवकोटाले जानकारी दिए । यस्तै विभिन्न संघ संस्था र व्यक्तिहरुकै सहयोगले बालबालिका हरुलाई शिक्षा दिक्षा र पालन पोषण गर्दै आएको उनले बताए ।

आफुले धेरै परिश्रमले कुनै सरकारी स्कुल र कुनै प्राइभेट स्कुलमा अध्यनरत बालबालिकालाई धनाले गरेको सहयोगलाई खुशी ब्यक्त गर्दै धन्यवाद दिए । त्यस्तै समाजसेवी धना आचार्यले पनि जन्मदिनमा अनावश्यक खर्च गर्ने रकमले बुवा आमा र आफन्त गुमाएका अनाथ बालबालिकालाई थोरै भएपनी राहत मिलोस्  भन्ने भावनाले उक्त सामाग्री जुत्ता र मोजा सहयोग गरेको बताइन् । सहयोग हस्तान्तरण गर्ने क्रममा संस्थाका अध्यक्ष र महासचिव रोहित गुरुङ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया