मानिसको जागिर खोस्दै बोल्ने मेसिन ?

एजेन्सी, लन्डन । रोजगारीको विषयमा अहिले मानिसलाई शारीरिक रोबोटबाट मात्र नभएर बुद्धिमानी मेसिनहरूबाट पनि उत्तिकै खतरा रहेको छ किनकि, यस्ता उपकरणहरू हामीले दिएका प्रश्नहरू बुझी हामीसँग कुरा गर्दै उपयुक्त सल्लाह दिनसमेत सक्षम हुन्छन् । यसैकारण यो प्रणालीले अहिले सबैभन्दा बढी कल सेन्टर लगायतका कामलाई प्रभाव पारिरहेको बताइएको छ ।

ठुल्ठूला ब्रिटिस रिटेलहरूले आफैँ बोल्न सक्ने ‘च्याट बक्स’ राख्दै सय जना कर्मचारीहरूलाई अरू नै काममा लगाएको खबर बाहिर आएको थियो । यस्ता च्याट बक्सहरू प्रयोग गर्न सहज हुने र यसले कम्पनीमा नयाँ प्रविधिको प्रयोग भइरहेको सकारात्मक प्रचार पनि गर्ने हुँदा उनीहरू सहजै यस्ता नयाँ प्रणालीतर्फ आकर्षित भइरहेको बताइएको हो ।
त्यसैगरी ‘एम एन्ड एस’ ले पनि ट्वीलोज स्पीच भित्रयाउँदै गुगलको डाइलग फ्लोमा ‘आर्टि्फिसियल इन्टेलिजेन्स’ अर्थात् एआइ मार्फत ग्राहकहरूसँग अन्तक्र्रिया गराइरहेको छ । यो प्रणालीले एक वर्षमा १ करोडभन्दा बढी ग्राहकहरू सम्हाल्न सक्ने बताइएको हो ।

यसरी ग्राहकहरूको सेवाका निम्ति अहिले अधिकांश कम्पनीहरूले एआइको प्रयोगमा जोड दिइरहेको गार्टनर उद्योगका बजार विश्लेषक ब्रायन मनुसामा बताउँछन् । सन् २०१७ मै कल सेन्टर र कस्ट्युमर सर्भिसका लागि ७० प्रतिशत एआइको प्रयोग भएको तथ्यांकले देखाएको थियो । यस्तोमा बेलायत र अमेरिकामा मात्र करोडौँ मानिसहरूको प्रमुख रोजगार क्षेत्र कल सेन्टर रहँदै आएको छ भने भारत र फिलिपिन्समा पनि हजारौँ मानिसहरू यही काममा निर्भर छन् । त्यसकारण यी मानिसहरूले चाँडै नै नयाँ सीप नसिक्ने हो भने उनीहरू छिटै बेरोजगार हुनुपर्ने अवस्था आउने बताइएको छ ।

प्रतिक्रिया