सरकारलाई कर तिरेर जनताको ढाड सेकिएको छः अध्यक्ष राणा

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले मुलुकमा भ्रष्टाचार विकेन्द्रीकरण भएको आरोप लगाएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सु्र्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले विगतमा केन्द्रमा सीमित रहेको भ्रष्टाचारको संस्कृति अहिले गाउँसम्म पुगेको बताए ।

“स्थानीय तह, प्रदेश र संघीय सरकारलाई कर तिरेर जनताको ढाड सेकिएको छ, अध्यक्ष राणाले भने, “जनतालाई संघीयताको प्रत्याभूति हुन सकेको छैन ।

त्यस्तै राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सिके राउत पृथकतावादी अभियान छोडेर राष्ट्रिय राजनीतिको मूल धारमा आउनु एकतहको सुधार भएको बताए । राष्ट्रिय एकता र अखण्डताबारे जनमत नहुने भएकाले पार्टीको नाम ‘जनमत’ राख्नु उचित नभएको उनको धारणा छ । अध्यक्षद्वय राणा र लोहनीले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउनु ठिक नभएको बताए ।

प्रतिक्रिया