आजको खाँचोः बौद्धिक प्रतिभामा आत्मनिर्भता

विश्वको कुनै पनि यस्तो मुलुक नहोला जहा बौद्धिक पलायनको समस्या नरहेको होस् । तसर्थ प्रतिभा पलायनको गतीशिलता न्यूनिकरण गर्न सम्बद्ध मुलुकले आत्मनिर्भतामा आधारीत रोजगारी विकासमा प्राथमिकता दिनु पर्छ । यस्तो प्राथमिकताले मात्र प्रतिभा पलायन रोक्न सफलता मिल्छ

उच्च दरमा रहेको बौद्धिक प्रतिभा पलायनको गतीशिलतालाई रोक्नु चुनौती पूर्ण कार्य मान्न सकिन्छ । यो समस्या नेपालको मात्र नभई विश्वव्यापी समस्या हो । यसलाई सुल्झाउन सम्बद्ध राष्ट्रका तर्फबाट समय सापेक्ष यथोचित कदमहरू नचालिएका पनि होइनन् । तथापि, यस क्षेत्रमा पूर्ण सफलता भने हालका दिन सम्ममा पनि प्राप्त गर्न नसकेकै कारण समस्याग्रस्त बन्न पुगेको हो ।

विकसित मुलुकको तुलनामा अल्पविकशित मुलुकमा प्रतिभा पलायनको भयाभय अवस्था रहेको पाइन्छ । त्यसमा पनि विशेष गरी नेपाललगायत समस्त दक्षिण एसियाका अधिकाशं मुलुकमा यसको दर निकै उच्च गतिमा छ । प्रतिभा पलायनको समस्यालाई निराकरण गर्न आर्थिक विकासको पथमा अग्रगामी सोचसहित प्रविधिले युक्त दक्ष जनशक्तिलाई मुलुक भित्रै स—सम्मान रहन सक्ने वातावरण तयार गर्नुपर्ने हुन्छ ।

साथै बाह्य मुलुकबाट बौद्धिक प्रतिभा आयातका लागि उपयुक्त गन्तव्य नेपाल रहन सके आजसम्म यस क्षेत्रमा कायम रहेको उच्च गतिको पलायनको दरमा राहत महसुस गर्दै स्वतफूर्त रूपमा यस क्षेत्रमा न्यूनता आउने देखीन्छ । यसका अतिरिक्त पूर्ण आत्मनिर्भताको चाहना राख्ने प्रयत्न गर्ने हो भने निश्चित रूपमै विज्ञ दक्ष—जनशक्ति सहितको उल्लेख्य रोजगारी उन्मुख वातावरण तयार गर्नुपर्ने हुन्छ । जसको सफल परिणाम स्वरूप द्विपक्षीय बौद्धिक प्रतिभा हस्तान्तरणको क्षेत्रमा उल्लेख्य सफलता प्राप्त हुनेछ ।

तत्पश्चात यस क्षेत्रमा वास्तविक रूपमा नेपाल पनि अन्य विकशित राष्ट्रसरह सक्षम रहेको मान्न सकिनेछ । प्रस्तुत अवस्थाको परिकल्पनाले मात्र हामी हाम्रो अब्बल वौद्धिक जमात प्रति आशक्त रहन सक्नेछौँ । विकास—समृद्धिले हामीलाई चुम्नेछ । मुलुकभित्रै आर्जित श्रम र सीपलाई सही गतिमा खर्चिन सके असम्भव भन्ने कुरा कहाँ रहन्छ ? यसै तथ्यको अभावमा विगतदेखि वर्तमानसम्म हाम्रा उच्चस्तरका दक्ष जनशक्ति समेत न्यूनस्तरको रोजगारीको खोजीमा बाह्य विकसित मुलुकमा भौँतारिने गरेका हुन् । तर, मुलुकभित्रै आफुले हासिल गरेको ज्ञान तथा सिपलाई शर्मउन्मुख मान्दै सोही प्रवृत्तिको कार्य नगर्ने व्यवहार नै बौद्धिक पलायनको प्रमुख कारक तत्वको रूपमा लिन सकिन्छ ।

यही संकिर्ण सोचलाई मुलुकको हितको खातिर परीवर्तन गर्दै आफूलाई समर्पण गर्ने चाहना राख्ने हो भने धेरै हदसम्म हाम्रा बौद्धिक प्रतिभाहरू आत्मनिर्भता उन्मुख मार्गमा अग्रसर हुने वातावरण तयार हुनेछ । मुलुक भित्रै बौद्धिक निर्भरताको गतिशिलता प्राप्त भए विकास—समृद्धिको गतिलाई एक्काइसाैँ शताब्दिको रफ्तारमा अगाडि बढाउन सक्षम रहनेछौँ । तर, यसका लागि केवल दृढ इच्छाशक्ति सहितको कर्तव्यपरायणताको सदैव खाँचो रहन्छ । वैदेशिक स्तरको प्रविधिलाई आफ्नै ज्ञान र शिपले निखार्न एवं व्यवहारमा उतार्न सम्भव भए प्रविधि हस्तान्तरणको क्षेत्रमा उल्लेख्य सफलता हासिल गर्न सक्षम रहनेछौँ । यस कदमलाई बौद्धिक प्रतिभा आत्मनिर्भताको क्षेत्रमा उच्च सफलता प्राप्त गरेको मान्न सकिन्छ ।

विशेषगरी, दक्ष जनशक्ति एक­अर्को मुलुकमा स्थानान्तरण रहने विश्वव्यापी प्रचलन नै हो । किनकि, वैभवशाली जनशक्तिको प्रत्यक्ष निगरानीमा गरिने विकास निर्माणका गति पनि उच्च स्तरकै रहने हुँदा सोहि प्रलोभनका कारण अब्बल प्रतिभाको लागि चर्को मूल्य तिर्ने प्रतीस्पर्धा विश्वमा कायम रहेको छ । यस तथ्यलाई न्यून गर्दै सोही अनुकूलको व्यवहार मुलुकको विकासका लागि खर्चिने हो भने आर्थिक समृद्धि खोज्न अन्त कतै जानै पर्दैन ।

प्रतिभा आत्मनिर्भताको सन्दर्भमा राज्यपक्षले केही सदाशयता भने अवश्य पनि देखाऊनुपर्ने हुन्छ । यसका लागि नयाँ­नौलो अन्वेषण एवं आविष्कारजन्य क्रियाकलापका लागि दक्ष युवा जनशक्तिलाई हौस्याउनुको साथै सिर्जनात्मक योगदानको लागि अभिप्रेरित गर्नुपर्नेछ । जसको प्रत्यक्ष प्रभावस्वरूप बौद्धिक प्रतिभा पलायनको वेगवान गति निश्चित रूपमा बन्द हुनेछ ।

प्रतिभा पलायनको अवस्था पैदा नहुनु भनेको यस क्षेत्रमा आत्मनिर्भरता प्राप्त गर्नुसरह हो । जसका लागि आधुनिक प्राविधीक ज्ञानमा आधारित रोजगारउन्मुख शैक्षिक क्षेत्रको विकासले थप उत्साहजनक प्रगति हासिल गर्न मद्दत पु¥याउने छ । जसको सकारात्मक प्रभावका रूपमा अध्ययन एवं कामको सिलसिलामा विदेसिएका जनसमुदायलाई स्वदेश फिर्तिको उपयुक्त वातावरण तयार गरेको मान्न सकिन्छ ।

यसका अतिरिक्त वैदेशिक रोजगारीको क्रममा हुने मृत्युदरमा समेत कमी आउने देखिन्छ । कुल जनसख्याको २१ दशमलव ६ प्रतिशत गरिबीको रेखामुनि छन् । जसको मुख्य कारण बेरोजगारी नै हो । दक्ष बौद्धिक प्रतिभालाई मुलुकभित्रै रोक्न सक्ने परीवेश तयार गर्न सकिए सुशासन र समृद्धिका लागि रोजगार भन्ने नारा यथार्थमा उतार्न यस प्रकारका सकारात्मक सोच कोशेढुंगा साबित हुनेछ । किनकि, बढ्दो अवस्थामा रहेको बेरोजगारीका दरहरूलाई क्रमशः न्यूनीकरण गर्दै मुलुकभित्रै नयॉ रोजगारका अवसरहरू सिर्जना गर्न हामी सक्षम भयाँै भने रोजगारीका लागि विदेशतिर भौँतारिने प्रवृत्तिको गतीमा न्यूनता छाउने छ ।

युवा जनशक्तिमा शिक्षा र प्रविधिको विकासले दिएको वरदानस्वरूप प्राप्त हुन आएको उच्चतम ज्ञान तथा शिपलाई उपयुक्त तवरबाट राज्यपक्षले प्रोत्साहन एवं संरक्षण गर्ने सस्कृतीको विकास भयो भने जनताले आत्मसम्मानको अनुभूति गर्नेछन् । तत्पश्चातः पलायन हुन चाहने मनस्थितिमा आश्चर्यजनक रूपले परिवर्तनका लक्षणहरू देखा पर्न थाल्नेछ । यो नै राज्यले चाहेको वास्तविक यथार्थ हो ।

विश्वको कुनै पनि यस्तो मुलुक नहोला जहा बौद्धिक पलायनको समस्या नरहेको होस् । तसर्थ प्रतिभा पलायनको गतिशिलता न्यूनिकरण गर्न सम्बद्ध मुलुकले आत्मनिर्भतामा आधारित रोजगारी विकासमा प्राथमिकता दिनुपर्छ । यस्तो प्राथमिकताले मात्र प्रतिभा पलायन रोक्न सफलता मिल्छ । प्रतिभा पलायन रोकिएपछि मुलुकको आवश्यकता र चाहना अनुकुल उपयुक्त ढंगले प्रयोग गर्दै लाभान्वित हुन सक्ने अवस्था तयार पार्नुपर्ने हुन्छ ।

प्रतिक्रिया