शिवलाई प्रायः सबै किराँती समुदायले पारुहाङ भनी पुकार्छन् भने हिन्दूहरूले पार्वती भनिने देवीलाई किराँतीहरूले सुम्निमा (कुलुङ समुदायले पार्वती र शिवलाई ‘निनाम रिदुम–पारुहाङ’ भन्छन्) भनी पुकार्छन् ।
गत सोमबार पशुपतिनाथ मन्दिरमा सदा झैँ धुमधामका साथ महाशिवरात्रि पर्व मनाइयो । महाशिवरात्रिकै दिन नेपाली सेनाले पनि आप्mनो स्थापना दिवस अर्थात् ‘सेना दिवस’ मनाउने गरेको छ । स्मरणीय छ, नेपालमा यो क्रम विगत लामो समय (आदि अनादि काल) देखि परम्परागत रूपमा चल्दै आएको छ । त्यसो त पशुपतिनाथबाहेक भक्तपुरको डोलेश्वरलगायत देशका अन्य विभिन्न क्षेत्रमा पनि महाशिवरात्रि पर्व मनाउने गरिन्छ ।
महाशिवरात्रि मनाउनको खास कारण वा कथा भने देउता र राक्षसहरूबीच समुद्रमा समेत मन्थन हुँदा ‘कालकुट’ नामक विष निक्लियो । कालकुट नामक विष न त राक्षसहरूले पिउन माने न त देउताहरूले नै । अन्ततः देवाधिदेव महादेव शिवले सो कालकुट नामक विष पिए । भनिन्छ, त्यसरी देवाधिदेव महादेवले सो विष नपिएको भए संसार ध्वस्त हुन्थ्यो । ‘कालकुट’ नामक विष पिएर संसारको बचावट गरेको हुनाले सो दिनको सम्झनामा महाशिवरात्रि पर्व मनाउन सुरु गरियो भन्ने भनाइ छ ।
तर, यहाँ असलियतमा शिव को थिए ? उनी भगवान् हुन् कि होइनन् ? भगवान् हुन् भने उनलाई कहिलेदेखि भगवान् मान्न थालियो ? साथै, शिवलाई भगवान् नै मान्ने हो भने पनि उनी हिन्दूहरूका मात्रै भगवान् हन् कि किराँतीहरूका पनि भगवान् हुन् ? यसबारेमा नेपाली समाजमा सायदै गहिरो ढंगले बहस र छलफल भएको होला, निचोडमा पुगिएको होला । हुन त हाल भगवान् मानिएका शिवलाई प्रायः सबै किराँती समुदायले पारुहाङ भनी पुकार्छन् भने हिन्दूहरूले पार्वती भनिने देवीलाई किराँतीहरूले सुम्निमा (कुलुङ समुदायले पार्वती र शिवलाई ‘निनाम रिदुम–पारुहाङ’ भन्छन्) भनी पुकार्छन् ।
त्यसो त कुनै पनि विषयमा सधँैका लागि छिनोफानो हुने गरी बहस र छलफल हुन सक्दैन भन्ने हामीले भुल्नु हुँदैन । झन, भगवान्, धर्म, धार्मिक मत, धार्मिक सम्प्रदाय, धार्मिक मूल्य मान्यताका बारेमा त किटेर यही नै हो, भनी मत जाहेर गर्नेभन्दा अरू अल्प–ज्ञानी सायद अरू केही हुँदैन । भगवान्, धर्म, धार्मिक मत, धार्मिक सम्प्रदाय, धार्मिक मूल्य मान्यताका बारेमा अनन्तः कालसम्म बहस र छलफल भइरहनेछ । तापनि गुगलमा सर्च गर्दा जसरी इस्लाम धर्मका प्रवद्र्घक मोहमम्द कुरैशी वंशका थिए, बुद्घ धर्मका प्रवद्र्घक वा सुरुआतकर्ता गौतम बुद्घ शाक्य वंशका थिए, हिन्दू धर्मका प्रवद्र्घक भगवान् शिव पनि किराँत वंशका थिए भनी लेखिएको-भनिएको भेटिन्छ ।
त्यस्तै, विगत लामो समयदेखि नै महाशिवरात्रि पर्वको अवसरमा राज्यले नै टाढा टाढाबाट आएर लगभग एक हप्तासम्म पशुपतिनाथ मन्दिर यसको वरिपरि समय बिताउने सन्त, महन्त, सन्यासी तथा योगी–जोगी वा भनौँ बाबा (यी मध्ये कति जटाधारी हुन्छन्, कति नांगा हुन्छन् । आजभोलि पशुपति विकास कोषले यस्ता अति नांगा ! वा भनौँ आप्mनो लिंग सार्वजनिक रूपमा देखाउने बाबाहरूलाई अनुमति दिँदैन) हरूलाई शिव बुटी (गाँजा), चिया, पानी, भोजन, आवास, धुनी बाल्न ठुल्ठूला मुढा (दाउरा), ओढ्ने, ओच्छ्याउने लगायत सरसमान उपलब्ध गराउँछ । साथै, जाने वेलामा दान–दक्षिणा र भेटी पनि दिन्छ । सरकारले महाशिवरात्रि पर्वको सार्वजनिक बिदा पनि दिने गरेको छ ।
भगवान् शिवको वंश किराँत हो भनिएको छ भनी गुगल सर्चमा खोज्दा भेटेको सन्दर्भ–स्रोतका बारेमा उल्लेख गरियो । खासमा भगवान् शिवका बारेमा के भन्ने गरिन्छ भने ‘शिवको आमा र बाबु थिएनन् ।’ उनी आपैmँ उत्पत्ति भएका अर्थात् स्वयं थिए । त्यति मात्रै होइन, भगवान् शिवले नै ब्रह्मा र विष्णुको उत्पत्ति गराए वा भनौँ जन्माए । भगवान् शिव संहारक थिए भने ब्रह्मा सृष्टिकर्ता थिए । त्यस्तै, विष्णु पालनकर्ता थिए । तापनि, हालसम्म लिखित रूपमा शिव किराँत नै थिए भन्ने प्रामाणिक रूपमा केही भेटिँदैन । तापनि, भगवान् शिवले बोक्ने हतियार त्रिशुल, उनले बजाउने बाजा (डमरू), उनले सेवन गर्ने भाङ, धतुरो, गाँजा वा भनौंं नशालु पदार्थ, उनले रूप धारण गर्ने विभिन्न स्वरूपहरू, उनले वाहनको रूपमा प्रयोग गर्ने साँढे (नन्दी), उनले लगाउने वस्त्र (बाघको छाला) आदि हेर्दा उनी किराँती नै हुन् भन्न सकिने आधार भने बलियो देखिन्छ ।
हुन त भगवान् शिव हिन्दू हुन् भन्ने पनि केही दसी–प्रमाण छैन, कथा–मिथकहरूबाहेक । तापनि, शिवका बारेमा लेखिएको ‘शिव पुराण’ भन्ने किताब नभएको भने होइन । शिव खासमा कैलाश पर्वतमा बस्थे । कैलाशबाटै ‘कैराँत’ ‘किरियाड’ हुँदै ‘किराँत’ भएको भन्ने धेरै खोजकर्ता, अनुसन्धानकर्ता, इतिहासकार, लेखक आदिको बलियो मत छ । धेरै विद्घान्हरूले आप्mनो किताबमै पनि यसबारेमा उल्लेख गरेका छन् । तर, शिव कहिलेदेखि भगवान् भए ? वा उनलाई कहिलेदेखि भगवान् मान्न थालियो ? ठ्याक्कै तिथिमिति भन्न सकिने कुरो भएन ।
जे भए तापनि शिव कैलाश पर्वतमा बस्ने भएको हुनाले ऋतुअनुसार उनले जाडो छल्न गाँजा, भाङ, धतुरोजस्ता नशालु पदार्थको सेवन पनि गर्थे होलान् । त्यही भएर भगवान् शिवलाई सम्झने दिनको रूपमा महाशिवरात्रि पर्वको वेला सबै सर्वसाधारण मानिसहरूलाई दिन नसके तापनि कम्तिमा भगवान् शिवका पक्का भक्तहरू सन्त, महन्त, सन्यासी तथा योगी–जोगी वा भनौँ बाबाहरूलाई कानुनी रूपमै निश्चित परिणाम तोकेर गाँजा दिने परम्परा बसेको हुन सक्छ । अझ यसरी टाढा टाढाबाट खासगरी भारतबाट आएका सन्त, महन्त, सन्यासी तथा योगी–जोगी वा भनौँ बाबाहरूलाई त पशुपति विकास कोषले बाटो खर्चसमेत दिएर बिदाइ गर्ने गरेको छ ।
महाशिवरात्रिको कुरो गर्दा यसपटक धेरैपछि महाशिवरात्रि संयोगले ‘सोमबार’ को दिन परेको थियो । हिन्दू धर्ममा रहेको मत र विश्वासअनुसार ‘पाश’ अर्थात् विभिन्न दुःख र बन्धनमा परेकाहरूले महाशिवरात्रिकै दिन पशुपतिनाथको दर्शन गरेमा ‘पाश’ अर्थात् त्यस्तो विभिन्न बन्धनहरूबाट मुक्ति पाउँछन् भन्ने विश्वास रहेका छ । सम्भवतः यही धार्मिक विश्वास र मान्यताका कारण यसपटक भारतलगायत श्रीलंका, म्यानमार, माल्दिम्स, मलेसिया, इन्डानेसियालगायत टाढा टाढाका हिन्दू धर्ममा आस्था राख्ने सन्त, महन्त, सन्यासी तथा योगी–जोगी वा भनौँ बाबाहरूका साथै सर्वसाधारण भक्तजनहरूको पनि ठूलो उपस्थिति हुने गरेको छ नेपाली हिन्दू भक्तजनहरूको पनि हरेक वर्ष ठूलै भिड लाग्ने गरेको छ, महाशिवरात्रि पर्वको अवसरमा, पशुपतिनाथ मन्दिर क्षेत्रमा ।
सुरुमा आर्य, हिन्दू वा बाहुनहरूले नै शिवलाई भगवान् मानेर महाशिवरात्रि मनाउने परम्परा चलाएको मान्ने हो भने पनि सुरुमा हिन्दूहरू पनि दुईखाले थिए भनी बताउँछन्, किराँत इतिहास तथा किराँत संस्कृतिमा रुचि राख्दै र खोज अनुसन्धान गर्दै आएका र स्थायी घर भोजपुर जिल्ला भएका, जय शिवाहाङ । उनका अनुसार रामायण लेख्ने वाल्मीकि ऋषि पनि अवैदिक बाहुन थिए । त्यस्तै, हाल धिताल थरका भनी चिनिने बाहुनहरू पनि अवैदिक बाहुन हुन् ।
पछि गएर वैदिक आर्य वा भनौँ हिन्दू बाहुनहरूले यज्ञोपवित गरेर÷भएर (यज्ञ, होम आदि गरेर), जनै लगाएर फरक अर्थात् वैदिक आर्य भए । यसरी वैदिक आर्यहरू सुरुमा किराँतीभन्दा फरक देखिन वा फरक हुनकै लागि पनि यज्ञ, होम गरेर र, जनै लगाएर फरक देखिए तापनि रामायण लेख्ने वाल्मीकि ऋषिले भने आपूmलाई अवैदिक र किराँत नै हुँ भन्ने गरेका थिए भन्ने धेरैजसो जान्ने बुभ्mने बाहुन पण्डितहरूले नै अनौपचारिक रूपमा भन्ने गरेका छन् ।
यसरी हेर्दा हाल आएर भगवान् शिवको नाममा ‘महाशिवरात्रि पर्व’ अधिकांश हिन्दूहरूले मनाउने गरेको देखिए तापनि खासमा शिव भनेका किराँतीहरूको आदि पुरुष पारुहाङ नै हुन् भन्ने देखिन्छ । यसको बलियो वा भनौँ तथ्यसहितको आधार वा प्रमाण यही हो , भनी देखाउन नसके तापनि वैदिक आर्य बाहुन हिन्दूहरूले मद वा भनौँ नशा सेवन गर्दैन थिए । यो तथ्य सबैलाई थाहा भएकै हो । तर, इतिहासमा अनार्य, व्रात्य, भिल्ल, कैरात्य, राक्षस, आदि भनी चिनिएका वा चिनाइएका किराँतीलगायत आदिवासी जनजातिहरू मद वा नशा सेवन गर्छन् । यो पनि सबैले जाने बुझेको तथ्य हो ।
प्रतिक्रिया