भरतमोहन अधिकारीको स्वास्थ्य गम्भीर

काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य निकै गम्भीर बनेको छ ।

अधिकारीको स्वास्थ्य अवस्था सार्वजनिक गर्न प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ । छलफलमा प्रधानमन्त्री केपी ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेता सहभागी छन् ।

उनको महत्वपूर्ण अंगहरुले काम गर्न छाडेकाले बचाउन सक्ने सम्भावना न्यून भएको हृयाम्स अस्पतालमा चिकित्सिकहरुले बताएका छन् ।

अधिकारीको तीन सातादेखि हृयाम्स अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले शनिबार पत्रकार सम्मेलन गरी अधिकारीको स्वास्थ्य खस्किँदै गएको बताएको छ ।

‘वितेको २४ घन्टादेखि पिसाब भएको छैन । हाम्रो सम्पूर्ण प्रयासका बाबजुद उहाँलाई बचाउन सक्ने सम्भावना न्यून देखिन्छ र अहिले उहाँलाई सजिलो बनाउने उपचार गरिहेका छौं’ अस्पतालले भनेको छ ।

प्रतिक्रिया