मिर्गौला फेल भएकी यशोदाको उपचारमा सहयोगको गुहार

सिन्धुली । दुवै मिर्गौला बिग्रिएर जीवनमरणको दोसाँधमा पुगेकी सिन्धुली जिल्ला दुधौली नगरपालीका वडा नं. २ की यशोदा खड्काको उपचारका लागि सहयोग गरिदिन उनका बुबा लालबाहादुर खड्काले गुहार मागेका छन् । दुवै मिर्गौला फेल भएर निरन्तर डाइलाइसिस गराइरहेकी सिन्धुलीको दुधौली नगरपालीका वडा नं. २ नयाँटोलकी २३ वर्षिय यशोदाको मिर्गौला प्रत्यारोपण गर्नका लागि आवश्यक रकम जुटाइदिन उनका बुवाले आग्रह गरेका हुन् ।

करिव ९ महिनाअघि दुवै मिर्गौला फेल भएपछि सातामा दुईपटक डाइलाइसिस गराइरहेकी छिन्। शुरुमा गाउँमा समान्य रोगको उपचार गराएपनि व्यथाले च्याप्र्दै गएपछि विरगञ्जको नेशनल मेडिकल कलेज, त्यसपछि काठमाडौको ओम अस्पतालहुर्दै हाल जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा उपचारार्थ छिन् ।

यशोदाको उपचार गराउदा अहिलेसम्म २० लाख रुपिया सकिएको छ । अहिले यशोदाको ऋण सापट गरेर जेनतेन निरन्तर डाइलाइसिस गराइरहेको विरामी यशोदाका बुवाले बताए । निम्न आर्थिक अवस्था भएका खड्का अहिले आर्थिक अवस्था कमोजर भएपछि चिन्तीत छन् ।

विरामी यशोदाले सहयोगी संघसंस्था र व्यक्तिले सहयोग गरिदिए आफूले नयाँ जीवन पाउन सक्ने बताउँदै सहयोगको अपिल गरेकी छन् । थप जानकारीका लागी विरामीका बुवा लालबाहादुरलाइ ९८४४१३९७४५ नम्वरमा फोनगरी जानकारी लिन सकिने छ ।

प्रतिक्रिया