सिमसार संरक्षण, जलवायु परिवर्तन र हाम्रो सचेतना

यसपालिको विश्व सिमसार दिवस जलवायु परिवर्तन र सिमसार भन्दै माघ १९ गते पोखरामा सम्पन्न भएको छ । सिमसार भनौँ नदी, वन, जलाशयको अतिक्रमणकै कारण आज मानव आक्रान्त बनेको छ । ध्वनि, वायु एवं जल प्रदूषणका कारण कडा रोगको उच्च जोखिममा छ आज आम मानव । अधिक कार्वनको उत्सर्जनले कडा रोगको उच्च जोखिममा पनि छ ।

मानव सभ्यताको इतिहास लामो छ । अर्थात् ५५ करोड वर्ष नाघिसकेको छ । ढुंगे युगको मान्छे आजको विकासक्रममा आइपुग्नु चानचुने कुरा भने होइन, सााच्चै भन्ने हो भने मान्छे पहिले फिरन्ते अवस्थामा नै थियो । जव जव मानवले बस्ती बसाउँदै आयो उसले आपूmलाई नदी, जलाशय, खोलानाला कै छेउ छाउ मन परायो । इन्दस नदीको वरपर हिन्द, मिश्र, रोम, मेसोपोटामिया जे भने पनि ठूला मानव सभ्यता सिमसार, नदी, खोलानाला, जलाशय वरपरबाटै सुरु भएको देखिन्छ । विश्वप्रसिद्ध सहर न्युयोर्क, लन्डन, संघाई, ढाका, दिल्ली , क्वालालम्पुर सबैजसो मुख्य सहरहरू नदी, खोला, सागर छेउछाउ नै छन् अहिले पनि ।

नेपालको राजधानी काठमाडौं सहर बस्ती बस्नुपूर्व यहाँ रहेको पानीलाई वरदा र मोक्षदा शक्तिको प्रयोग गरी चोभारको डाँडो काटी पानी बाहिर पठाइ सहर बसालेको इतिहास सबैलाई जगजाहेर छ । भनिन्छ, पानीको श्रोत मन पर्ने नेपालका अधिकांश क्षेत्रमा हाल पनि नाग देवता विराजमान छन् । काठमाडौं उपत्यका मात्र होइन हाम्रा ठूला भनिएका मुख्य सहरहरू भद्रपुर, चन्द्रगढी, दमौली, पोखरा, विदुर, बट्टार, जोमसोम, नारायणघाट, बुटवल, वेनी, महेन्द्रनगर सहर सबैजसो नदी खोला सिमसार क्षेत्रनजिकैै रहेका छन् । कार्बन उत्सर्जनको प्रमुख कारक मानिस नै हो, तर प्रकृतिलाई नबिर्सने हो भने सिमसार, वन, नदी खोला नालाहरूले मानव उत्सर्जित कार्बनलाई सोसेर लिन्छ । विश्व खाद्य संगठन भन्छ माटोभित्र ३० प्रतिशत कार्वन संचित छ ।

जल, जमिन, वन, उर्जालाई खलल पु¥याउँदा जलवायु परिवर्तन र त्यसको नकारात्मक असरलाई मानव संसारले स्वीकार नगरी सुखै छैन । प्रकृतिले कार्वन लिन्छ, अक्सिजन दिन्छ । तर मानवको अभिन्न अंग बनेको प्रकृतिको चरम विनाशतिर स्वयं मानव नै उन्मुख छ हिजोआज । संसारकै प्रसिद्ध मुलुकमा बढी चिसोका कारण मानिसको अवशान भएको छ । माइनस ७० डिग्रीको सेल्सियस अमेरिकामा र अस्ट्रेलियामा प्लस ४७ डिग्री सेल्सियसको खवर बाहिर आएको छ हालसालैको कुरो हो यो । प्लस ४७ डिग्री सेल्सियसको कथा व्यथाले के पूर्व के पश्चिमा मुलुक सबैतिर सकस भइराखेको अवस्था छ ।

पानी प्रदूषित हुनुमा, पानीमा जलचर नपाइनुमा मानव निर्मित प्रदूषण कार्बन उत्सर्जन नै हो । वन जंगलले, पानीले, जमीनले, नदी, सिमसारले कार्बनलाई सोसेर लिन्छ । विश्व स्वास्थ्य संगठनको भनाइमा पनि माटोभित्र ३० प्रतिशत कार्वन संचित छ । कार्वन अक्साइडकै कारण आज मानव कडा रोगको उच्च जोखिममा छ । सबैभन्दा बढी कार्बन सोसेर लिने वन नै हो । वन, नदीनाला, सिमसारक्षेत्रको अतिक्रमणले मानव आफैँ मृत्युको मुखमा परिरहेको छ । विश्व सिमसार दिवसको हालैको नारा जलवायु परिवर्तन र सिमसार भन्ने रहेको छ । ताल, नदी, इनार, खोला, वन, जलाशयहरूको संरक्षण गर्ने काम स्थानीयकै हो, स्थानीय सरकारकै हो ।

नेपालको अधिकतम तापक्रम हरेक वर्ष औसत ०.०६ डि.से. ले बढेको छ । अन्य क्षेत्रको तुलनामा हिमाली क्षेत्रमायसको दर बढी छ । विश्व जनसंख्याको ०.४ प्रतिशतमात्र नेपालमा बस्छन्, विश्वको कुल हरितगृह ग्याँसको करिब ०.०२५ प्रतिशत मात्र नेपालले उत्सर्जन गर्छ तथापि वायुमण्डलमा नेपाल उच्च जोखिममा छ ।

विगत एक शताब्दीमा नेपालको उच्च भू–भाग हिमालीक्षेत्र सगरमाथाको हिमभाग ३ सय ३० फिट गलेको छ । फलस्वरुप नयाँ हिमतालको निर्माण हुन गएको छ भने यसै शताब्दीको अन्त्यमा नेपालको नदी नालाहरूमा पानीको बहाव भारी मात्रामा घट्ने छ । पानीको बहावको कमीकै कारण भोलिको दिनमा ऊर्जा संकट थपिने सक्भावना बढी छ ।

नेपालको वार्षिक वर्षा क्रममा पनि व्यापक हेरफेर भइसकेको छ । लामो समय खडेरी पर्ने वा तीव्र वर्षा हुने क्रम देखापरेको छ । अहिले रात र दिन दुवैैमा चिसो कम छ । १०० मि मि वा सोभन्दा बढी परिमाणमा पानी पर्ने दिनहरूको संख्या पनि बढ्दै छ । यता मुसलधारे वर्षा यसै वर्ष पनि धेरै देखिए । खण्ड वृष्टि, अतिवृष्टि र अनावृष्टिले हाम्रो मुलुक आक्रान्त भएको छ । पानी पर्ने समय र यसको अवधिमा परिवर्तन भएको छ । एकातिर हिमनदीहरू पातलिएका छन् भने अर्काेतिर हिमतालको आकार बढ्दै गएको छ हाम्रासामु अहिले ।

जलवायु परिवर्तनकै कारण कृषि, जलस्रोत, वन, जैविक, विविधता, मानव स्वास्थ्य,पर्यटन र समग्र पूर्वाधारमै प्रभाव पारेको छ । हिजोआज भू–श्खलन, बाढी,पहिरो जस्ता प्राकृतिक दुर्घटनाबाट धनजनको ठूलो विनाश भएका उदाहरणले हाम्रा आँखा गलेका छन् । अतितदेखि वर्तमानसम्म आइपुग्दा तराई, पहाड र हिमाली क्षेत्रमा सबैतिर परेको असर र प्रभावको यकिन तथ्य समेत हामीकहाँ छैन भन्दा हुन्छ । जलवायु परिवर्तन बारेको चेतना, अनुकूलनका अभ्यास र नवीकरणीय ऊर्जाको प्रयोग र प्रवद्र्धन गर्न जानेनौँ हामीले ।

यस सम्बन्धी प्रगति धीमा गतिमा छ हामीकहाँ । सन् २००९ देखि मात्र मुलुकले जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय एजेन्डा प्रयोगमा ल्याएको देखिन्छ । अन्तरिम योजना ०६४ ले मात्रै वातावरण व्यवस्थापन एवं जलवायु परिवर्तनको विषयलाई प्रत्यक्ष सम्बोधन गरेको पाइन्छ । दिगो विकास एजेन्डा ०५९ र सहस्राब्दी विकास लक्ष्य ०५८ ले पनि सम्बोधन सम्मचाहिँ गरेको देखिन्छ ।

वायुमण्डलमा जल वायु परिवर्तन नियमित प्रक्रिया हो । तथापि उद्योग क्षेत्र र यातायातमा खनिज इन्धनको अधिक प्रयोगले यसको प्रक्रिया थप बढेको हो । वनविनाश, मानववस्तीको विकास, सहरीकरण, हरितग्याँसको अधिक उत्सर्जनले जलवायु परिवर्तनमा तीव्रता आएको हो । सन् १९९२ मईमा संयुक्त राष्ट्रसंघीय संरचना महासन्धी तयार भएको र यसैको जुनमा रियो द जेनेरियोमा वातावरण र विकास सम्बन्धी सं.रा.स. सम्मेलनमा हस्ताक्षर खुला भई १२ जुन १९९२ मा नेपालले हस्ताक्षर गरी सन् १९९४ देखि नेपाल यसको पक्षमा आएकाले यति वेलादेखि नेपालमा यसबारे चासो बढ्न थालेको हो ।

जलवायु परिवर्तनमा मानव क्रियाकलाप नै मुख्य कारण हो । हरित गृह ग्याँसको उत्सर्जनमा वृद्धि हुँदा वायुमण्डल तात्ने हुनाले स्थान विशेष रुपमा जलवायु परिवर्तनबाट प्रभावित हुन्छ । फलस्वरु अतिवृष्टि, अनावृष्टिको बढोत्तरी र ऋतुकालको छिटो छिटो परिवर्तन हुने गर्छ । बेमौसममा गुुराँस फुलेका उदाहरण हामीले देखिसकेका छौँ । मानव जीवन प्रकोप प्रभावित हुने कारण पनि बेमौसमी प्रभाव नै हो ।

यसको प्रत्यक्ष प्रभाव गरिब, विकासोन्मुख, भ–ूपरिवेष्ठित र पर्वतीयमुलुकहरूमै बढी पर्ने गर्छ । हाम्रो इकोसिस्टममा परेको प्रभावबाट पनि यसलाई सहजै अनुमान लाउन सकिन्छ । जलवायु परिवर्तनको जोखिमबाट बच्ने उपाय भनेको जन चेतना नै हो, अनुकूलनका अभ्यासहरूको प्रवद्र्धन हो, नवीकरणीय ऊर्जाको प्रयोग हो । जलवायु परिवर्तनको प्रभावले खाद्यान्नमा संकट त आउँछ नै । खाने मुख थपिने तर उत्पादनहरू भने कम हुने कारण भागदौड प्रतियोगिताले समग्र सर्भाइभल सिष्टममै असर पर्छ भविष्यमा । यस अर्थमा हाम्रो भविष्य थप जोखिममा छ ।

हामीकहाँ जलवायु परिवर्तनले आर्थिक र समग्र सामाजिक विकासका क्षेत्रमा परेको प्रभाव असर पर्न सक्ने प्रभाव असर बारे यकिन गर्ने संयन्त्र अझ भनाैँ वैज्ञानिक संयन्त्रको कमी छ । जोखिम क्षेत्रहरूको पहिचानको समस्या छ । हरितगृह ग्यास उत्सर्जन न्यून गर्ने संयन्त्रको विकास हुन सकेको छैन । सामाजिक र आर्थिक विकासलाई जलवायुमैत्री बनाउनु कम कठिन छैन । साथै उपल्लो र तल्लो तटीय भूभागमा परेको र पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यून गर्ने रणनीति तय गर्न सकिएको छैन ।

विकास निर्माण, बसाइसराइ, औद्योगिकीकरण, सहरीकरण जस्तापूर्वाधार विकासका लागि हुन् विनाशका लागि होइनन् । प्राकृतिक क्षेत्रले भरिपूर्ण हाम्रो मुलुकले जलवायु परिवर्तनबाट हुन सक्ने लाभलाई लिन सक्नुपर्छ हानिलाई होइन । जलवायु परिवर्तनसम्बन्धी स्थलगत कार्यक्रमहरू गर्दा अत्यधिक खर्च स्थानीय त्यहीँकै लागि गर्नु बेस हुन्छ । प्राकृतिक स्रोतको व्यवस्थापन जलवायु मैत्री हुनुपर्छ । पूर्वाधार विकासलाई जलवायु समयानुकुल बनाउन जरुरी छ ।

स्वच्छ र नवीकरणीय ऊर्जा विकास, कार्बन व्यापारमा कटौती र दिगो विकास तर्क अग्रसर हुन जरुरी छ । स्रोत व्यवस्थापन गर्दा भोलिको पुस्तालाई बिर्सनु हुन्न । स्वच्छ ऊर्जा जलविद्युतका सम्भावना धेरै छ हामीकहाँ । पुनर्नवीकरणीय र वैकल्पिक ऊर्जा, सोलार ऊर्जा वृद्धि गरी हतिरगृह ग्याँसको उत्सर्जन न्यून गर्नु पर्दछ । हिमाल, पहाड, चुरे, तराई क्षेत्र, प्राकृतिक सम्पदाले भरिपूर्ण छन् तिनको सन्तुलित र गतिलो दोहन गर्न सकिन्छ । कुखुराको अण्डा दोहनगर्दा कुखुरै मर्ने गरी भने कतै दोहन गर्नु हुँदैन ।

बाँझो, छोडेको जमिन, पर्ती, बाढी पहिरोग्रस्त, भिरालो जमीनमा लाभदायक रुख विरुवा रोप्न सकिन्छ । प्रकोप व्यवस्थापन गर्न वीमा नीतिहरू तय गर्न सकिन्छ । वर्षाको पानी संकलन, मुहानको भरपुर संरक्षण, पर्यावरणीय सरसफाई, डढेलो नियन्त्रण, वनक्षयीकरणमा रोक, नदी किनारामा बस्ती विकासमा रोक, फोहोर मैलालाई स्रोतको रूपमा व्यवस्थापन गर्ने, प्रकोप नियन्त्रणका लागि पूर्वतयारी र समग्रमा इच्छा शक्ति नै आजको आवश्यकताको विषय हो ।

प्रतिक्रिया