अधिकारीको स्वास्थ्यमा सुधार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको छ । धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा उपचारत अधिकारीको स्वास्थ्य सुधारोन्मुख देखिएको अस्पतालले जनाएको छ ।

नेता अधिकारीको उपचार सघन उपचार कक्षमा (आइसीयु) मा नै राखेर गरिएको उनका स्वकीय सचिव महेश विष्टले जानकारी दिए । यसअघि गत माघ २ गते उनको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका लागि लगिएको थियो ।

उक्त अस्पतालमा राम्रो सुधार नभएपछि उनलाई माघ २४ गते ह्याम्स अस्पतालमा सारिएको थियो । हाल अधिकारीका स्वकीय सचिव विष्टले भने, ‘उहाँको स्वास्थ्यअवस्था पहिलेको भन्दा धेरै नै सुधार भएको छ । क्रमश सुधार आइरहेको छ अब केही दिनमा नै हामी डिस्चार्ज गर्छौँ ।’

यसअघि ८२ वर्षीय अधिकारीलाई छातीमा समस्या देखिएको थियो । अधिकारकिे उपचारमा डा. राजु पङ्गेनी, डा. मनबहादुर केसी र डा. अर्जुन कार्कीलगायत संलग्न रहेका छन् ।

प्रतिक्रिया