ओलीको निर्वाचन क्षेत्रमा भ्युटावर

नरेन्द्र श्रेष्ठ

जनता अर्थात् नागरिकहरूको जनजीविका सँग जोडिएका अति आबश्यकिय कामलाई प्राथमिकतामा राख्नुभन्दा पनि सरकार विलासिताका भौतिक निर्माणमा जोड दिइरहेको जस्तो देखिन्छ । पछिल्लो समयमा नेतादेखि अभिनेता सम्म रंगशाला बनाउने लिग लिगे दौडगरिहेका छन् । अहिले नागरिकहरू प्रश्न तेस्र्याउन थालेका छन सडक, बाटो–घाटो, पुल–पुलेसा स्वास्थ्य, शिक्षा, पानी आदिमा ध्यान पु¥याउनमा भन्दा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउन सरकार किन लागिपरेको छ ? हाम्रो देशका धेरै जसो गाउँहरूका नदिमा पुल छैनन् ।

गाउका अधिकाश वृद्धदेखि स्कुलका विद्यार्थीहरू पनि ज्यान हत्केलामा राखेर तुइनबाट जोखिममा यात्रा गर्न बाध्य छन् । तर, सरकार सांसद नेता अभिनेतासम्म अन्तर्राष्ट्रिय किक्रेट रंगशाला बनाउनमा आफ्नो गौरव ठानिरहेका छन् । अहिलेको देशको आबश्यकता भनेको अन्तर्राष्टिय स्तरको क्रिकेट रंगशाला होइन । पानीजहाज र अग्ला अग्ला भ्यु टावर पनि होइन । चार अर्ब खर्चेर धरहरा बनाउनु पनि अहिलेको आवश्यकता होइन । अहिले नागरिकहरूको आवश्यकता भनेको पानीजहाज भन्दा पिउने पानी हो ।

अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला भन्दा अस्पताल हो । अहिलेका दुईतिहाइ बहुमतका शक्तिशाली प्रधानमन्त्रीवाट जनताले अपेक्षा गरेको तुइनमुक्ति हो । के पि ओलीले यो भन्दा पहिले प्रधानमन्त्री भएको वेला ०७२ असोजमा २ बर्ष भित्र देशलाइ तुइन मुक्त गर्छु भनेका थिए । आज ३ वर्ष ३ महीना वितेको छ । अघिल्लो पटक त जम्मा १० महिना काम गर्न पाए । यस पटक त एक वर्ष वितिसकेको छ । खोइ त तुइन मुक्त भएको ? अहिले पनि सोसल मिडियाहरूमा विद्यार्थीहरू तुइनबाट यात्रा गरिरहेको फोटोहरू छ्यास छ्यास्ति देख्न पाइन्छ । खोइ त प्रधानमन्त्री ओलीको त्यतातिर ध्यान गएको ? प्रधानमन्त्री ओलीको ध्यान पछिल्लो समयमा नागरिकहरूको समस्या समाधान गर्नमा भन्दा पानीजहाज र रेलका भाषणतिर केन्द्रित हुन थालेको छ । धरहरा निर्माणमा ध्यान दिनु आफ्नो ठाउँमा ठिकै होला तर प्रधानमन्त्री ओलीले चार अर्ब रूपैयाँ खर्च गरेर आफ्नो निर्वाचन क्षेत्रमा पनि भ्युटावर निर्माण गर्दैछन् भन्ने समाचार आएको छ ।

 

अहिले पनि सोसल मिडियाहरूमा विद्यार्थीहरू तुइनबाट यात्रा गरिरहेको फोटोहरू छ्यासछ्यास्ति देख्न पाइन्छ । खोइ त प्रधानमन्त्री ओलीको त्यतातिर ध्यान गएको ? प्रधानमन्त्री ओलीको ध्यान पछिल्लो समयमा नागरिकहरूको समस्या समाधान गर्नमा भन्दा पानीजहाज र रेलका भाषणतिर केन्द्रित हुन थालेको छ । धरहरा निर्माणमा ध्यान दिनु आफ्नो ठाउँमा ठिकै होला तर, प्रधानमन्त्री ओलीले चार अर्ब रूपैयाँ खर्च गरेर आफ्नो निर्वाचन क्षेत्रमा पनि भ्युटावर निर्माण गर्दैछन् भन्ने समाचार आएको छ ।

टेलिभिजनको क्षेत्रमा धुर्मस र सुन्तलिको नामले चर्चित तथा लोकप्रिय हास्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई नचिन्ने सायदै होलान् । हास्यकलाकार भए पनि पछिल्लो समयमा समाज सेवाको क्षेत्रमा चर्चित नाम हो सिताराम र कुञ्जना घिमिरे । ०७२ सालको विनासकारी भूकम्पमा घर बार विहिन भूकम्प .पीडितहरूको लागि आफ्नै प्रयासमा ठाँउ ठाँउमा सामुहिक आवाश बनाइदिएर वाहवाह पाएका कलाकारद्वय पछिल्लो समयमा नागरिकहरूको प्राथमिकता तथा आवश्यकताको भन्दा बाहिर बहकिन थालेका छन् ।

अन्तरर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला, त्यो पनि २५ हजार क्षमताको रंगशाला चितवनमा बनाउन लागेको खबरले कतै धुर्मस सुन्तली फाउन्डेशन पनि प्रधानमन्त्री ओलीको प्रवृत्तिलाई नै पछ्याइरहेको त छैन ? भन्ने चर्चा जनतमा सुरु भएको छ । नभएको होइन । अहिले पनि उल्लेख्य भूकम्प पीडितहरूले आफ्ना आवासहरू बनाउन सकिरहेका छैनन । भूकम्पबाट ध्वस्त भएका विद्यालय, स्वस्थ्य केन्द्रहरू, पुलहरू पुन निर्माण गर्न सकिएको छैन ।

धुर्मस सुन्तली फाउन्डेसनको अबको पाइला पनि आवास, विद्यालय स्वास्थ्य केन्द्रको पुननिर्माण पट्टि भएको भए सिताराम र सुन्तलीको हाइट अझ, बढ्ने थियो होला । तर, सिताराम र कुुञ्जना घिमिरेको ध्यान पनि २५ हजार दर्शकहरूको क्षमताको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउनमा नै रहेको देखियो त्यो पनि चन्दा उठाएर । नेपालमा वर्षमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट म्याच कति हुने गरेका छन् ? र यसका दर्शकहरू कति हुने गरेका छन् ? यसको पनि लेखा जोखा गर्नुपर्छ कि पर्दैन ? कतै आफ्नो बढेको हाइटलाई घटाउन खोजेको त होइन सिताराम कट्टेल र कुन्जना घिमिरेले ।

सासद महेश बस्नेत भक्तपुरमको उब्जाउ जमिनमा स्थानीयवासीहरूलाई उठिबास गराई अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउन बाजेको पाला देखिको बल लगाएर लागि परिरहेका छन् भने कलाकारहरू सिताराम कट्टेल र सुन्तली पनि २५ हजार दर्शकहरूको क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन लागि परिहेका छन् त्यो पनि चन्दा उठाएर । व्यवसायिक उद्देश्यले, व्यापारको प्रयोजनको लागि बनाउन लागिएको रंगशाला चन्दा उठाएर निर्माण गर्ने कुराको भित्री रहस्य बुझिनसक्नु छ । आखिर अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउनुको मजा कस्तो हो त ?

देशमा खेलकुद क्षेत्रको विकास गर्नु पनि महत्वपूर्ण सवाल हो । खेलकुदको विकास, विस्तारको लागि भौतिक पूर्वाधारहरू पनि निर्माण गर्नुपर्ने हुन्छ । सरकार, राज्यले यसमा ध्यान पनि दिनु पर्छ । देशमा विभिन्न स्थानमा रंगशाला नभएको पनि होइनन् । देशमा भएका रंगशालाहरू नै लथालिंग तथा अस्तव्यस्त छन् । राजधानीमा भएको दशरथ रंगशालाबाट नै काम लिन नसकिरहेको अवस्थामण अरू रंगशाला अहिले नै हतारमा निर्माण गर्नको औचित्य के ? भन्ने नै हो भने पछिल्लो समयमा देशमा खेलकुदका गतिविधिहरू त्यति भइरहेका पनि छैनन । क्रिकेट रंगशालाको कुरा गर्दा क्रिकेटको रंगशाला मुलपानीमा बनाउने भनिएको नै एक दशक भइसक्यो ।

त्यसैगरी, किर्तिपुरको क्र्रकेट रंगशालालाई अन्तर्राष्ट्रिय हुनेगरी स्तरोन्नति गर्ने भनिएको पनि दशकौँ भइसक्यो । भएकै रंगशालाहरूलाई राम्रो बनाउन नसक्ने अनि कृषकहरूको जग्गा जमिन खोसेर अर्को स्थानमा रंगशाला बनाउनुपर्ने आखिर के छ यसको रहस्य ?

सरकारकै कारण मेलम्ची आने पानी आयोजना अन्योलमा धसिएको छ । काठमाडौंका नागरिकहरूले भोग्नुपरेको पानीको समस्या कहालीलाग्दो छ । प्रधानमन्त्री ओली पानीजहाजको भाषण गर्छन् । तर, मेलम्चीको अवरोध उच्चरण पनि गर्दैनन् । मेचिदेखि महाकालीसम्म रेल कुदाउने भाषण गर्छन तर, सिंहदरबारको नाकै मुनीको सडकका खाल्डाखुल्डी देख्दैनन् । देशमा भ्रष्टाचार शून्य मा झार्ने भाषण गछनर्् । तर, भ्रष्टाचारीहरूलाई ज्वाइँ जसरी पालेर राख्छन् । साढे तीन अर्बको लिफ्टेड धरहरा बनाउन हतार गर्छन् मेलम्चीको पानी ल्याउन हतार गर्दैनन् । देशमा मँहगी बढेर हिमालयमा तपस्या गर्ने महादेवको टुप्पोमा पुगिसक्यो । तर, महंगी नियन्त्रमा ध्यान दिँदैनन् ।

देशको व्यापार घाटा बढेर देशको अर्थतन्त्र नै डामाडोल हुने अवस्थामा पगि सक्योे । तर, यसमा प्रधानमन्त्रीको ध्यान जादैन । ‘हाम्रो सरकार बहुमतको एकमना सरकार हो, ५ वर्षसम्म कसैले हल्लाउन सक्दैन, जे गरे पनि हुन्छ’ भन्ने मानसिकताले ग्रस्त छन् सत्तारूढ पार्टीका नेता र कार्यकर्ताहरू । त्यसैगरी, देशमा प्रतिपक्ष छ भन्ने अनुभव पनि जनताले गर्न सकिरहेका छैनन् । मतदाताहरूलाई प्रतिपक्ष कुन दुलोमा छन् थाहा छैन ।

प्रतिक्रिया