सरकारविरुद्ध प्रतिबद्ध प्रतिक्रियादी निस्क्रिय नेकपा

डा. बद्रीविशाल पोखरेल

ओली सरकारको एक पूरा भएकै दिन प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएर अर्को युगान्तकारी कार्यक्रमको उद्घोष गरेको छ । देशमा भएको र हुने सम्भावित कामलाई घृणा गरेर विदेशमा घोडाको लिदी सोहोर्न उद्यत युवालाई नेपाली श्रमप्रति माया र सम्मानको महाअभियानको सुरुआत सरकारले गरेको छ ।

तुलनात्मक रूपमा हेर्दा फेरिएको परिस्थितिमा नयाँ नीति, नियम, विधि, पद्धति, प्रणालीको थिति बसाल्दै सन्तुलित छिमेक नीति तयार गर्दै सरकार अघि बढिरहेको घामजत्तिकै छर्लंग छ ।

सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेर सरकारले नयाँ युगको प्रारम्भ गसिकेको छ । तर यस्ता विषयमा लामो समय आफ्नै नेतृत्वको एकमना सरकार सञ्चालन गर्दा पटक्क ध्यान नदिने नेपाली कांग्रेस यसमा जसलिन आतुर र व्यग्र देखिन्छ ।
धनकुटाका नेपाली कांग्रेस प्रतिप्रतिबद्ध सेवा निवृत्त प्राध्यापक गोपाल पौडेलले समेत यस लेखकलाई आम जनतालाई आर्थिक भौतिक रूपमा प्रभावित पार्ने सेवा सहुलियत प्रदान गर्ने कुरामा आफूहरूले पूर्वप्रधामन्त्री गिरिजा कोइराला नेतृत्वलाई कति भन्दा पनि चरम बेवास्ता गरेका कारण कांग्रेस पछि परेको अत्यन्त रुष्ट विचार व्यक्त गरेका थिए ।

सरकारका कामप्रति आलोचनात्मक दृष्टकोण राख्ने वरिष्ठ लेखक झलक सुवेदीले समेत ओली सरकारले यो वर्ष ७ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि गर्दैछ र यो भनेको विश्वकै उच्च मध्येको हुन्छ र यसका आधारहरू पनि देखिएको रातोपाटी अनलाइन पत्रिकाका संवाददातासित बताएका छन् ।

तर, उनै सुवेदीले सत्यनिरूपण तथा द्वन्द्वकालीन मुद्दामा चासो देखाएर सरकारलाई दबाब र कर्नरमा पार्न खोजिएको बताएर सरकारविरुद्ध गम्भीर प्रायोजित प्रपञ्च रच्न थालेको पनि उल्लेख गरेका छन् ।

यसका लागि सरकारलाई हिलाको किलो बनाउने, चरम अविश्वास सिर्जना गर्दै पछि गएर सरकारप्रति नै चरम घृणा समेत फैलाउने योजना बनाउन थालेको संकेत पाइन्छ । यसका लागि देशी र विदेशी शक्ति अर्जुनदृष्टिका साथ लागि परेको देखिन्छ ।

विदेशमा घोडाको लिदी सोहोर्न उद्यत युवालाई नेपाली श्रमप्रति माया र सम्मानको महाअभियानको सुरुआत सरकारले गरेको छ । सरकारलाई हिलाको किलो बनाउने, चरम अविश्वास सिर्जना गर्दै पछि गएर सरकारप्रति नै चरम घृणासमेत फैलाउने योजना बनाउन थालेको संकेत पाइन्छ । यसका लागि देशी र विदेशी शक्ति अर्जुन दृष्टिका साथ लागि परेको देखिन्छ ।

यस्तो विरोध बौद्धिक, वैचारिक तथा प्रचारात्मक मात्र होइन भौतिक रूपमा समेत हुन लागेको उदाहरण अरुण तेस्रोको जलविद्युत् आयोजनाको मेसिन जलाउने लगायतका काम गरेका प्रधानमन्त्री ओलीले नै एक कार्यक्रममार्फत उल्लेख गर्नुभयो ।

यस्तो विरोध र अन्तध्र्वंशको मूल अन्तर्य नबुझेका नेकपाका नेता, कार्यकर्ता गोयबल्स शैलीको प्रतिक्रियावादी प्रचार नियत नबुझी स्वयं गुमराहमा परिरहेको देखिन्छ ।

सरकारविरोधी दुष्प्रचार कतिसम्म कुरूप र नग्न छ भन्ने कुरा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीको ०७५ माघ २३ र २४ गते निरन्तर प्रसारित एक टिभी अन्तर्वार्तामार्फत अवगत भयो ।

अधिकारीले ओली सरकारका सबै नकाम मात्र उल्लेख गर्दै चरम निराशा पस्केका थिए भने उनले सही ठाउँमा मत नहाल्दाको परिणाम यो सरकार निर्माण भएको भनेर जनमतको घोर अपमान मात्र गरेनन् अधिकारीले त नेपालको राजनीतिक, आर्थिकलगायत विषयमा सहयोग गरे पछि विदेशीले नेपालमा चासो राख्नु जायज भन्दै वैदेशिक हस्तक्षेपलाई स्वीकार्य ठाने ।
प्रधानमन्त्री ओलीले ए

उटा छिमेकीले अर्को छिमेकीलाई सहयोग गरेकै आधारमा पूरै घर त उसको जिम्मा लगाउन सकिँदैन भन्ने शिक्षाप्रद भनाइ अधिकारीलाई सम्झाउनुपर्ने देखियो ।  प्रतिक्रियावादीहरू कतिसम्म नांगो रूपमा यो सरकारविरुद्ध लागेका छन् भन्न्ो कुृरा ट्रान्सफरेन्सी इन्टरनेसनल नेपालले हालै जारी गरेको प्रतिवेदन हो उक्त प्रतिवेदन सन् २०१७ प्रतिवेदनको हो अर्थात् यो सरकार आउनुभन्दा धेरै अघिको हो ।

बाह्य र आन्तरिक व्यक्तिगत, संस्थागत रूपमा सरकारविरोधी प्रपञ्च रचिएको देखिन्छ । यस्तै कुरामा अर्का वरिष्ठ लेखक श्रीकृष्ण अनिरुद्ध गौतमले ०७५ माघ २५ गते एक लोकप्रिय दैनिक पत्रिका सरकारका विरुद्ध आक्रोषपूर्ण र अयथार्थ टिप्पणी सहित कम्युनिस्टहरूले मुट्ठी उचालेर लाल सलाम वा अभिवादन गर्ने विषय समेतलाई भद्दा, कुरूप तथा निकृष्ट आक्षेप लगाउन भ्याए ।

वरिष्ठ लेखक मोहन बन्जाडेजस्ता व्यक्तिले धार्मिक, सांस्कृतिकलगायत हर विषय र मुद्दामा नेपाललाई विखण्डित गर्ने दुष्प्रयत्नका विरुद्ध कलम चलाइरहेको देखिन्छ तर कथित स्वघोषित व्यक्तिहरू भँडार खनेर आँगन पुर्न उद्यत देख्दा उदेक लाग्छ ।

नेपालमा स्वतन्त्र र विवेकसम्मत लेखकहरूको खडेरी परिहालेको छैन तर मित्र र शुभेच्छुक शक्तिको दायरा फराकिलो पार्ने र तिनलाई संगठित गर्ने कुरामा कुनै ध्यान पुगेजस्तो लाग्दैन ।  तसर्थ, सरकार पक्ष र स्वयं नेकपा यस्ता गम्भीर विषयमा वेलैमा सचेत, सतर्क र संगठित रूपमा प्रतिवाद गर्ने कुरामा एक मुख हुन सकेन भने जनताको अगुवा पंक्ति नै न्यून चेतनाका कारण भड्किन सक्ने देखिन्छ ।

 

कम्युनिस्ट सरकार र सत्ताविरुद्ध घरेलु प्रतिक्रियावादी समेत कसरी लाग्छन् र तिनका प्रति के–कस्तो सतर्कता अपनाउनुपर्छ भन्नेबारे माओको शिक्षा लाभकारी हुने देखिन्छ । माओले साम्राज्यवादीहरू र राष्ट्रिय प्रतिक्रियावादीहरूले अवश्य पनि आफ्ना हारबाट चेत्तैनन् र उनीहरू आखिरी सास रहुन्जेलसम्म पनि जुधिरहने छन् भनेका छन् ।

माओका अनुसार कम्युनिस्ट सरकार र सत्ताले देशमा शान्ति सुव्यवस्था स्थापित गरेपछि पनि उनीहरू तोडफोड गर्न र अशान्ति मच्चाउने काममा विभिन्न किसिमले लागि नै रहनेछन् र तिनले हरेक दिन र हरेक मिनेट चीनमा आफ्नो पुनः शासनको प्राप्तिका लागि प्रयत्न राख्छन् भन्ने नेपाली कम्युनिस्टहरूले बेलैमा बुझ्न जरुरी देखिन्छ ।

त्यसैगरी, माओले प्रतिक्रियावादी शक्तिहरूले कम्युनिस्टका विरुद्ध र समर्थनमा गरेका टिप्पणीहरूलाई राम्ररी जाँचपडताल गर्न पनि सुझाएका छन् । माओले नै दुश्मनबाट हाम्रो विरोध गरिनु राम्रो कुरा हो र अझ हाम्रो एउटा पनि असल कुरा नदेखाएर हामीलाई विल्कुलै नराम्रो रूपमा तिनले चित्रण गर्छन् भने त यो अझ बेस कुरा हो भनेका छन् । त्यसैले यही शिक्षामार्फत् आम जनतालाई समयमै सही रूपमा सुसूचित गर्नु पहिलो अहं सवाल हो । तर, त्यस खालको काम भइरहेको पाइन्न । तत्कालीन नेकपा (चौम) ले वर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संस्थापक संयोजकत्वमा ०५९ सालमा कम्युनका रूपमा बर्दिवासस्थित आधारशिलाको १६औँ वार्षिकोत्सव कार्यक्रममा पनि अनुभूत भयो ।

यस कार्यक्रममा व्यापक तथा लोभलाग्दो उपस्थिति र सहभागिता थियो । तर, त्यसमा प्रमुख वक्ताले नेपालको संविधान लक्षित संस्कृति निर्माण, विकास, रूपान्तरणजस्ता सारगर्भित विषय प्रवाह नगरी सतही भाषण गर्दा खल्लो अनुभव भयो ।
आधारशिलालाई संस्कृति र सांस्कृतिक रूपान्तरणसम्बन्धी अध्ययन केन्द्रका रूपमा समयानुकूल विकसित गर्नु जाती हुन्छ । त्यहाँ त पोखरेल र काजीका कोटेसनहरू भित्ताभित्तामा सजाएको देख्दा नेतृत्वको देवत्वकरण गर्नेजस्ता विकृति झाँगिने स्पष्ट संकेत पाइयो । नेकपाका अधिकांश नेताहरूमा संस्कृति र सांस्कृतिक रूपान्तरण विषयमा न्यून चेत पाइन्छ । तिनले जुनसुकै कार्यक्रममा अति सामान्य माक्र्सवादी लेनिनवादी वर्ग संघर्षका सतही प्राविधिक शब्दावली मूलक अभिव्यक्ति मात्र उल्लेख गरेको यस लेखकले देखेसुनेको छ ।

एउटा नेताले राजनीतिक कुरा नै गर्ने हो तर साहित्य, संस्कृति, शिक्षा आदि विषयक गोष्ठीमा तदनुसार राजनीतिक विषय घोलेर गर्नुपर्छ । तर, त्यस्तो भलिभाँती बोलीवचन खासै देखिन्न । माओले पढ्नु सबैभन्दा महत्वको काम हो भने पनि यसलाई त कामै होइन भनेझैँ मान्यताका अधिकांश नेता पठन मैत्रीका अभावमा बौद्धिक रूपमा कमजोर देखिन्छन् झापा, बिर्तामोडमा सम्पन्न भवानी घिमिरे प्रतिष्ठानमा अग्रज स्रष्टा र राजनीतिक व्यक्तित्वको उत्साहजनक उपस्थितिमा केन्द्रीय सदस्य राम कार्कीले विषयवस्तुको सारतत्वलाई समेट्न सकेनन् । हुनत कार्की ओली सरकारका कामबाट आफूलाई कम्युनिस्ट हुँ भन्न लाज लागेको बताउँछन् ।

उनलाई अहिलेको पुरानै राज्यसंयन्त्रले घर गरेको अवस्थाको सरकारका आन्तरिक समस्या अवगत नै छैन भनेझैँ लाग्छ । र उनी हिजोको आजै र अहिल्यै नै समाजवाद र साम्यवाद प्राप्तिको हुटहुटीमा छन् । यस्तै, स्कुलिङका सल्लाहकारले अध्यक्ष पुष्पकमल दाहाललाई रागेभीरबाट खदार्न पनि सक्छन् ।

उक्त कार्यक्रमका अर्का वक्ता प्रज्ञा प्रतिष्ठानका कुलपतिले खस्रो, टर्रो र सपाट राजनीतिक कुरा मात्र गरेर संस्थागत उचाइलाई भुर्इंमा पछारे । एउटा प्रगतिशील सर्जकले माक्र्सवाद नभनी माक्र्सवादको व्याख्या विश्लेषण गर्ने हो र जनताको जनावाद नभनी जनवादी कला सौन्दर्यशास्त्रको विश्लेषण गर्ने हो । बरु राष्ट्रिय सभाका सांसद् रामनाथ बिडारी जस्ता प्रखर वकील सरकार र पार्टीका सकारलाई सार्थक तथा प्रभावकारी रूपमा विचार प्रवाह गर्न र बहस पैरवी गर्न कुशल रहेछन् ।

उनले निर्मला बलात्कार र हत्या प्रकरणमा भ्रष्ट सरकारले भ्रष्टलाई नै नियुक्ति, बढुवा गर्दाको परिणाम हो भनेर अथ्र्याएका थिए । हुन पनि अहिले सतहमा व्यापक रूपमा देखापरेको आर्थिक अनियमितता र भष्टाचार यही सरकारको पालाको हो भन्ने परेको र पारिएको देखिन्छ । एउटा सरकार अविच्छिन्न उत्तराधिकार किनभने अहिलेको सरकारले खोतल्दा सतहमा आएको मात्र हो । यति सामान्य कुरासम्म पनि नबुझेर र नबुझाएर नेकपाका नेताहरू नै बिलखबन्दमा परेको देख्दा अचम्म लाग्छ ।

नेकपाका नेताहरू हतारमा बोल्ने, फुर्सदमा पछताउने, एउटा नेताले बोली भुईंमा खस्न नपाउँदै अर्को ओठे जवाफ फर्काइहाल्ने, सरकार र पार्टीविरुद्ध प्रत्यक्ष वा परोक्ष बाह्य जेहाद छोडिरहेको र ऐन मौकामा आफैँ–आफैँ लाप्पा खेल्न उद्यत हुने, जग हँसाउने खालका खेल खेलेको देख्दा सरम लाग्दो स्थिति सिर्जना भएको छ । वर्ग पक्षधरताका मुखौटाहरू चारैतिर चौबिस थरि बोल्छन् । तर, प्रतिक्रियावादीहरू यो सरकारविरुद्ध एक मुख देखिन्छन् । पार्टीको संस्था जस्तै बनेका दुई अध्यक्षले गरेको जनआन्दोलन र जनयुद्ध दिवस मनाउने अतिसामान्य र सही निर्णय उपर रौतहटबाट एक वरिष्ठ नेताले बिबिसी नेपाली कार्यक्रममा गरेको दुनियाँ हँसाउने टिप्पणी गर्नु दुर्भाग्य हो ।

आफैँभित्र पछौटे चिन्तन कायम रहँदा र त्यसलाई आफैँले छिमल्न र छिचोल्न नसक्दा समस्या भारी हुन्छ । त्यसैले नेकपा पार्टी र सरकारले माओले भनेझैँ एकपल्ट मात्र मुस्किलले आएको विशिष्ट परिस्थिति र मौकालाई भरपुर सदुपयोग गरे मात्र विजय सुनिश्चित देखिन्छ । अहिलेको जस्तो नेकपाको निस्क्रियताका कारण हुन गएको खाली मैदान प्रतिक्रियावादीको कब्जामा हुनेछ । अनि यो अभूतपूर्व अवसर गुमाएर कन्पारामा हात राखेर जीवनभर रोएर बस्नुपर्ने दिन आउनेछ ।

प्रतिक्रिया