लाइसेन्स प्रिन्ट भए नभएको अब मोवाइलबाटै हेर्न मिल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा र लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाटै हेर्न सकिने सेवाको औपचारिक सुरुवात गरेको छ ।

स्पेरो एसएमएस प्रालि र यातायात व्यवस्था विभागको सहकार्यमा लिखित परीक्षा, लाइसेन्स नवीकरण र नयाँ लाइसेन्स प्रिन्ट भए नभएको थाहा पाउन सकिने एसएमएस सेवा सुरु गरिएको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक लावन्यकुमार ढकाल र स्पेरो एसएमएस प्रालिका प्रबन्धक निर्देशक अरविन्द साहले संयुक्त रुपमा उक्त सेवाको सुरुवात गरेका हुन् ।

सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन ध्त् लेखेर एउटा स्पेस छाडि एप्लिकेन्ट आईडी टाइप गरेर ३३००१ मा एसएमएस पठाउन सकिनेछ ।

उक्त प्रणालीको सुरुवात गर्दै महानिर्देशक ढकालले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा र स्मार्ट ड्राइभिङ लाईसेन्स कुरेर बसेका सेवाग्राहीलाई सूचना प्राप्त गर्न सहज हुने दावी गरेका छन् ।

प्रतिक्रिया