२५ वर्षपछि जोलाह पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्लो समयमा बाँके जिल्लामा फैसला कार्यान्वयनको टोलीले अदालतबाट कैद तथा जरिवाना तोकिएका व्यक्तिहरूलाई पक्राउ गर्ने अभियान चलाएको छ ।

सोही अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय बाँकेले ०५० सालमा खुनडाँका मुद्दामा फरार रहेका नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरका सलिम जोलाहलाई पक्राउ गरी आइतबार बाँके जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यस्तै आइतबार नै जिल्ला प्रहरी कार्यालयको टोलीले भन्सार चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका–४ बस्ने मो. वकिल हल्वाईले भारतबाट चोरी पैठारी गरी ल्याउँदै गरेको कपडासहित पक्राउ गरेको जनाएको छ ।

नेपालगञ्ज बसपार्कबाट अन्य जिल्ला पठाउन लागेको करिब १ लाख ३६ हजार २ सय ५० रुपैयाँ बराबरको ५ सय ४५ थान रेडिमेट कपडासहित पक्राउ गरेको हो । हल्वाईलाई आवश्यक कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया