कार्पेट गोदामको आगलागीबाट ४ करोडको क्षति

काठमाडौं । ललितपुर भैंसेपाटी-२५ स्थित बीएनआरओ ट्रेडर्स कार्पेट गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ ।सोही घटनामा खटिएका डीएसपी अपिलराज बोहराले आगो नियन्त्रणमा आएको जानकारी गराएका छन् ।

सोमबार दिउँसो करिब १ बजेबाट आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भएको खबर पाय लगत्तै नियन्त्रणका लागि प्रहरीको टोली घटनास्थल पुगेका थिए ।

सोही घटनामा करिब ४ करोडको क्षति भएको र के कारण आगलागी भएको त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया