भद्रकालीको विजयी सुरुआत

काठमाडौं । आयोजक भद्रकालीले दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार विजयी सुरुआत गरेको छ । हाडीगाउँस्थित घरेलु कोर्टमा भद्रकालीले नेसनल युनाइटेडलाई १४–५ ले पराजित ग¥यो । भद्रकालीकी सुस्मिता लोहनीले ९ स्कोर गरिन् ।

सिनियर गल्र्सकै बाँकी प्रतिस्पर्धामा भ्याली पब्लिकले तेहेरो जित निकाल्यो । दोहोरो जित आत्मासात् गरेको भ्याली पब्लिक ‘ए’ ले बाल विकासलाई २१–११ तथा ग्रिनल्यान्डलाई ३४–१६ ले हरायो । भ्याली पब्लिक ‘बी’ ले इडेन ब्रिज एकेडेमी (इबिए) लाई १५–९ ले निराश पा¥यो ।

सिनियर ब्वाइजमा नवजीवनले ग्रिनल्यान्डलाई २६–१३, बूढानीलकण्ठले पारामाउन्ट एकेडेमीलाई २०–११, नेसनल युनाइटेडले बाल विकासलाई २०–६, भ्याली पब्लिकले भद्रकालीलाई १७–८ तथा लालीगुराँसले ह्वाइट हेभेनलाई २१–८ ले पन्छाए ।

प्रतियोगिताको भद्रकालीका प्रिन्सिपल प्रकाश श्रेष्ठले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे । माघ २८ गतेदेखि सम्म चल्ने प्रतियोगिताको ब्वाइजमा १६ तथा गल्र्समा ८ टिम सहभागी छन् ।

प्रतिक्रिया