पाकिस्तान दक्षिण अफ्रिकासँग स्तब्ध

एजेन्सी, जोहान्सबर्ग । घरेलु टोली दक्षिण अफ्रिकाले ट्वान्टी –२० क्रिकेट शृंखलामा हार चखाउँदै पाकिस्तानको लगातार ११ ट्वान्टी शृंखला जित्ने लक्ष्यमा पूर्णविराम लगाएको छ ।  जोहान्सबर्गमा आइतबार भएको दोस्रो खेलमा दक्षिण अफ्रिकाले ७ रनको जित निकाल्दै तीन खेलको शृंखला २–० ले आफ्नो बनाएपछि ९औं शृंखलामा पाकिस्तानको यात्रा रोकिएको हो । निकै रोमाञ्चक बनेको खेलमा घरेलु टोलीले आपैंmले बनाएको १ सय ८८ रनको लक्ष्य निर्धारित २० ओभरको अन्तिम बलमार्पmत रक्षा गरेको थियो ।

एकसमय जित नजिक पुगको पाकिस्तानको अन्तिम दुई ओभरमा ४ विकेट गुमेपछि नतिजा दक्षिण अफ्रिकालाई सुम्पियो ।त्यो नतिजासँगै पाकिस्तानले पछिल्ला तीन वर्षमा पहिलो पटक द्वपक्षीय शृंखला गुमायो । पाकिस्तानको खराब दिन बनाउन दक्षिण अफ्रिकाका बलर क्रिस मोरिस र एन्डिले फेहलुकवायो अन्तिम दुई ओभरमा समान दुई विकेट निकाले ।

त्यसअघि ओपनर बाबर आजमले ९० रन बनाउँदै पाकिस्तानको इनिङलाई तीव्र गतिमा उकासेका थिए । तर, ५८ बल खेल्दै १३ चौका र एक छक्का प्रहार आजम १७औं ओभरमा पवेलियन फर्किपछि पाकिस्तानको इनिङ धरमरायो । पाकिस्तानले थप ६ विकेट गुमाउँदा ३४ रन मात्र जोडेपछि खेल दक्षिण अफ्रिकातर्पm धकेलियो । दक्षिण अफ्रिका बलिङमा बेउरान हेन्ड्रिक्स दुई विकेट विकेट लिएका थिए ।

त्यसअघि फाफ डुप्लेसिसको अनुपस्थितीमा दक्षिण अफ्रिकाको कप्तानी समालेका डेविड मिलरले उत्कृष्ट ब्याटिङ गर्दै २९ बलमा सर्वाधिक ६५ रन बनाए । मिलरको इनिङमा पाँच छक्का र चार चौका समावेश थियो । मिलरले पाकिस्तानी बलर उस्मान सिनवारीको अन्तिम ओभरमै २९ रन बनाउँदै घरेलु टोलीको विशाल लक्ष्य बनाए । सोही ओभरमा मिलरले तीन छक्का र दुई चौका हिर्काए ।

चार ओभर बलिङ गरेका सिनवारीले बिनाविकेट ६३ रन खर्चिएपछि पाकिस्तानका लागि ट्वान्टी–२० मा सबैभन्दा महंगा बलर साबित भए । अर्का बलर हसन अलिले चार ओभरमा बिनाविकेट ४८ रन खर्चिएपछि पाकिस्तानका आठौं महंगा बलर बने । पाकिस्तानी बलरलाई खराब नतिजाको सामना गर्न बाध्य बनाएका मिलरले चौथो विकेटका लागि हेनरिच क्लासेनसँग ६२ रनको अविजित साझेदारी गरे ।

त्यसक्रममा क्लासेन ५ रनमा नटआउट रहे । पाकिस्तानका लागि उत्कृष्ट बलिङ गरेका इमाद वासिमले ४ ओभरमा एक मेडनसहित १ विकेट निकाल्दा ९ रन मात्र खर्चिए । चारै ओभर बलिङ गरेका साहिन साह अफ्रिदीले एक विकेट लिँदा २७ रन खर्चिए पनि अन्य बलर महंगा साबित हुँदा पाकिस्तानले विशाल लक्ष्यको सामना गरेको थियो । दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्ध यसअघिका टेस्ट र एकदिवसीय शृंखला पनि जितिसकेको छ ।

प्रतिक्रिया