धर्ना राजनीतिमा बेनर्जी

कोलकत्ता । २६ दिन लामो अनसन अन्त्य गरेको १३ वर्षपछि ममता बेनर्जी धर्ना राजनीतिमा फर्किएकी छन् ।

नरेन्द्र मोदी सरकारमाथि ‘राजनीतिक बदलाको भावना’ले काम गरेको आरोप लगाउँदै पश्चिम बंगालका मुख्यमन्त्री बेनर्जी आइतबार रातिबाट धर्नामा बसेकी हुन् । पत्रकारहरूसँग कुरा गर्दै उनले भनेकी छन्, ‘उनीहरू सबै चिज गब्बर स्टाइलमा नियन्त्रणमा लिन चाहन्छन् । यो संविधानविपरीत छ ।’

कोलकत्ता पुलिस कमिश्नर राजीव कुमारको घरमा सीबीआईको टिम पुगेको विरोधमा उनी धर्ना बसेकी हुन् । सीबीआईका अनुसार टोली शारदा चिटफण्ड घोटलाको अनुसन्धानका क्रममा सोधपुछका लागि राजीवकुमार कहाँ पुगेको थियो ।

तर, मुख्यमन्त्री बेनर्जीले यसलाई राज्यमाथि केन्द्र सरकारको आक्रमणको संज्ञा दिएकी छन् । पश्चिम बंगाल विधानसभामा सोमबार बजेट पेश हुनुपर्छ र मुख्यमन्त्री बेनर्जीले धर्ना स्थलबाटै फोनमार्फत बजेट सत्रसँग जोडिने बताएकी छन् ।

प्रतिक्रिया