बार्सिलोना सेमिफाइनलमा

एजेन्सी, बार्सिलोना । बार्सिलोना घरेलु प्रतियोगिता कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा २–० ले पछि परेको स्थिति उल्टाएर दोस्रो लेगमा गोलको वर्षासहित सेभियालाई हराउँदै बार्सिलोना स्पेनिस कोपा डेल रे को सेमिफाइनलमा प्रवेश गरेको हो ।

सेभियाले पहिलो लेगमा २–० को जित निकालेको थियो । नाउ क्याम्पमा फिलिप काउटिन्होले पेनाल्टीमार्फत १३औं मिनेटमै घरेलु टिमलाई अग्रता दिलाएका थिए । २७औं मिनेटमा सेभियाले पेनाल्टीको अवसर पाए पनि एभर बेनेगाको पेनाल्टी बार्सिलोनाका गोलरक्षक जस्पर चेलिसनले उत्कृष्ट बचाउ गरे ।

त्यसको चार मिनेटपछि इभान राकिटिचले गोल गर्दै पहिलो हाफमा २–० को अग्रता दिलाए । ५३औं मिनेटमा काउटिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर बनाए । त्यसको एक मिनेटपछि नै सेर्गी रोबर्टोले गोल गर्दा बार्सिलोनाले समग्रमा ४–२ ले अगाडि बढाए । ६७औं मिनेटमा गुलहेर्मे एरेनाले सेभियाका लागि गोल गरे पनि नतिजा आफ्नो पक्षमा आउन सकेन ।

खेलको अन्त्यतिर सुपरस्टारहरू लुइस स्वारेज र लियोनल मेसीले गोल गरेपछि बार्सिलोनाले समग्रम ६–३ गोलअन्तरको जितसहित उपाधि रक्षाको अभियानमा एक खुट्किलो उक्लिएको छ । बार्सिलोना, भ्यालेन्सिया र रियल बेटिस सेमिफाइनलमा पुगिसकेका छन् । चौथो क्वार्टरफाइनल खेल रियल मड्रिड र जिरोनाबीच बिहीबार हुनेछ । यी दुईबीचको पहिलो लेगमा ४–२ गोलले रियल अघि छ ।

प्रतिक्रिया