बलात्कारको आरोपमा युवक पक्राउ

पाँचथर । कुम्मायक गाउँपालिका–१ का एक युवक बलत्कारको आरोपमा प्रहरीले पक्राउ गरको छ । कुम्मायक पालिका निवासी एक ६ वर्षीया बालिकालाई २१ वर्षीय आन्तरे भनिने एकल लावतीले शुक्रबार बतात्कार गरेका थिए ।

माङजाबुङ प्रहरीचौकीले लावतीलाई शुक्रबार राती नै पक्राउ गरेको हो । ‘बालिकाका अभिभावकसहित नजिकै विवाहको भोजमा गएका थिए । विवाहघरबाट बालिकालाई लावतीले मुखछोपी बोकेर लगिएको देखिजान्नेले जनाइएका थिए । त्यसपछि बाबुआमाले खोजीगर्दा घटना थाहा भएको र जाँड खाएर मौकाछोपी बलात्कार गरेको पाँचथर प्रहरी प्रवक्ता अनील पौडेलले जनाएका छन् ।

लावतीले मादकपदार्थ सेवन गरेका थिए । आइतबार जिल्ला अदालतमा बालअपराधसम्बन्धी मुद्दा दर्ता गरिएको प्रवक्ता पौडेलले जनाए । लावती यासोक घरभएका र सोही पालिका माङजाबुङ बस्दै आएका थिए । बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा गराइएको छ । आरोपी प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया