फिजम कप फुटबल शुक्रबारदेखि

काठमाडौं । संस्थागत बिद्यालयको संचालक मञ्च(फिजन) को आयोजनामा आठौं फिजम कप अन्तर बिद्यालय फुटबल प्रतियोगिता शुक्रबारदेखि शुरु हने भएको छ । पत्रकार सम्मेलनमा फिजमका अध्यक्ष आरबि कटुवालले स्कुल टु ओलम्पिकको उद्देश्यलाई साकार गर्न विद्यालय खेलकुदमा राज्यको ध्यान जानुपर्ने धारणा व्यक्त गरे ।

बिहीबार पेप्सिकोलास्थित नेक्सस इन्टर नेसनल एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक सुनील केसीले नकआउटका आधार सञ्चालन हुने प्रतियोगितामा २० टिमले प्रतिस्पर्धा गर्ने जानकारी गराए । पेप्सिकोलाको खेल मैदानमा माघ १९ सम्म संचालन हुने प्रतियोगिताको समूह ‘क’ मा बेस्ट गु्रप भिजन, नेपाल तारा, रत्न शिक्षा, अर्किट, किड्स, ग्लोबल, मोनारिक, मदरल्यान्ड, ग्रामर र एम्स रहेका छन् ।

त्यस्तै समूह ‘बी’ मा न्युहोली, र्हब्रन, माउण्ट सेब, अन्नपूर्ण, नेक्सस, लाइसियन, दीपीका, भिमेश्वर र प्रज्ञा रहेका छन् । पत्रकार सम्मेलनमा फिजमका सचिव देवि डोटेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया