सौर्यकर्मी ओझा पुरस्कृत

काडमाडौ । फिदिम नगरपालिकाले नगर बिकास र समृद्धिकालागि कलम चलाएको भन्दै भनी पत्रकार महासंघ पुर्व सभापति तथा सौर्य राष्ट्रिय दैनिकमा कार्यरत पाँचथर संवाददाता कृष्ण ओझालाइ नगद सहित पुरस्कृत गरेको छ ।  फिदिम नगरपालिकाको चौथो नगर सभामा उद्घाटन समारोहमा  आइतबार ओझालाई संघिय सांसद वसन्तकुमार नेम्वाङले दश हजार नगद सहित कदरपत्र र दोसल्ला ओेडाएर सम्मान गरे ।

यसअघि पनि २०५७ चैत्र २७ गते अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेकले वर्ष पुस्तक प्रकासनकालागि सुचना संकलन अभिलेखिकरण र प्रकाशनमा पाँचथर बाट ओझालाई राष्ट्रियस्तरको पुरस्कारले सम्मान गरिएको थियो ।

त्यस्तै, ओझा २०७१ असोजमा ५ मा स्थानिय शान्ति समिति पाँचथरले अन्तराष्ट्रिय शान्ति दिवशको अवसरमा जिल्लामा मानव अधिकार प्रर्बद्धन शान्ति स्थापना, द्धन्द व्यवस्थापनका क्षेत्रमा योगदान पुर्याएको, २०७३ असोज ७ मा खेलकुद बिकास समिति पाँचथरले खेलकुद विकासमा कलम चलाइ वाफत, २०७३ बैसाख २४ मा प्रथम राष्ट्रिय पत्रकारीता दिवशको अवसरमा पाँचथरमा जिल्ला प्रसाशन कार्यालबाट सम्मानित भईसकेका छन । ओझा संगै फिदिम चौथो नगरसभाले नगर कर्मचारी बिनिता ओझा , र लेखनाथ कोइरालालाइ नगदसहित पुरस्कृत गरेको छ ।

प्रतिक्रिया