नेपाल इन्भेस्टमेन्ट बैंकको लाभांश पारित

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकको प्रस्तावित ४० प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न बैंकको ३२औँ साधारणसभाले कम्पनीको २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको सो मात्राको लाभांश दिने भएको छ । १८ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी १२ अर्ब ५३ करोड रूपैयाँ पुगेको छ ।

बैंकले अघिल्लो वर्ष पनि सोही परिमाणमा लाभांश दिएको थियो तर अघिल्लो वर्ष बोनस सेयरको हिस्सा १५ रूपैयाँ मात्र थियो भने बाँकी २५ प्रतिशत नगद लाभांश दिइएको थियो । आइतबार बैंकको सेयर मूल्यमा समान्य वृद्धि भएको छ । बिहीबार प्रतिकित्ता ५४७ रूपैयाँ रहेको बैंकको सेयर आइतबारको बजारमा बढेर प्रतिकित्ता ५ सय ५५ रूपैयाँसम्म कारोबार भएको छ ।

प्रतिक्रिया