राइटर्स युनियनको अध्यक्षमा पाठक

काठमाडौं । विश्लेषक युग पाठक राइटर्स युनियन अफ अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी लेखक संघको अध्यक्षमा निर्वाचित भएका छन् । ११–१३ जनवरीमा मोरक्कोमा भएको नवौं अधिवेशनबाट उनी नेपालको प्रतिनिधित्व गर्दै अध्ययक्षमा निर्वाचित भएका हुन् । पाठक यसअघि उपमहासचिव थिए ।

त्यस्तै, इजिप्टका सरिफ अल सुवासी संघको महासचिवमा निर्वाचित भएका छन् भने मोरक्कोका अब्दरहिम अल अलाम सहमहासचिव भएका छन् । त्यसैगरी उपमहासचिवमा अफ्रिका महादेशबाट नाइजेरियाका लेखक डा. ओले ओकेदिरान, एसियाबाट पाकिस्तानका इम्दाद आकाश र ल्याटिन अमेरिकाबाट कोलम्बियाका फिरान्डा रान्दोन चुनिएका छन् ।

पाठकले विश्वकै एक प्रतिष्ठित र पुरानो संस्थाको अध्यक्षमा चुनिनु नेपालका लागि गौरवपूर्ण चुनौती भएको अधिवेशनलाई सम्बोधन गर्दै बताए । उनले भने, ‘विभिन्न युद्ध र गरिबी व्योहोरिरहेका तेस्रो विश्वका जनताको आवाजलाई साहित्य र सांस्कृतिक अभियानको माध्यमबाट अगाडि बढ्ने छ ।’

प्रतिक्रिया