कुमारी बैंक आइएमई पे वालेटमा आबद्ध

काठमाडौं । आइएमई पेका सेवाग्राहीहरूले अबदेखि कुमारी बैंक लिमिटेडको खातामा लिंक गरी आइएमई पे वालेटमा सिधै रकमान्तर गर्न सक्ने भएका छन् । कुमारी बैंक लिमिटेडले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिंक गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ ।

साथसाथै कुमारी बैंक लिमिटेडका सेवाग्राहीहरूले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यूआर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र कुमारी बैंक लिमिटेड बीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने कार्य प्रारम्भ भएको छ । कुमारी बैंक लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ साझेदार संस्था हो ।

प्रतिक्रिया