जनकपुरमा राजेन्द्र महतोको पुत्ला दहन

जनकपुर । राष्ट्रिय जनता पार्टी राजपाका नेता राजेन्द्र महतोको पुत्ला जलाइएको छ । राजपाले गत मंसिर ४ गते अध्यक्ष मण्डलको संयोजक पदबाट महन्थ ठाकुरलाई हटाईएपछि राजेन्द्र महतोलाई चयन गरिएको थियो ।

त्यसपछि राजपाभित्र महन्थ ठाकुर नेतृत्वले तराई मधेस राष्ट्रिय पार्टी राजेन्द्र महतो नेतृत्व सद्भावना पार्टी समूह बीचको किचलोले संयोजक महतोको पुत्ला दहनसम्म पुगेको छ । केन्द्रिय समितिको आपतकालिन बैठक गरि जनकपुरमा उपलब्ध प्रदेश सभाका प्रमुख सचेतक सांसद परमेश्वर साहलाई निसाना बनाइएको छ ।

महतोको पुत्ला दहनमा प्रदेशका सचेतक तथा सांसद साहको ग्राण्ड डिजाइनमा भएको बिरोध गर्दै केन्द्रीय सदस्यको बैठकबाट साहलाई समेत कारवाहीको लागि सिफारिस गर्ने निर्णयले राजपामा हलचल मच्चिएको छ ।

अध्यक्ष मण्डलका बहुमत सदस्यले महतोलाई अध्यक्ष मण्डलको संयोजक बनाएपछि सुरु भएको विवाद एकताको निर्वाचन आयोगमा पठाइएको केन्द्रीय समितिको सूचीलाई आधिकारिक मान्दै त्यसयताका नियुक्ति र मनोनयन रद्द गर्ने निर्णय गरेपछि त्यसको विवाद अहिले जिल्लासम्म फैलिएको छ ।

गत शुक्रबार संयोजक महतोद्वारा हस्ताक्षर विज्ञप्तिमा राजपा धनुषाको अध्यक्ष मण्डलका ६ जना सदस्यमध्ये एक देवकृष्ण मण्डललाई हटाएर विद्यार्थी नेता ज्ञानेन्द्र झा ‘ज्ञानु’लाई बनाएपछि राजेन्द्र महतोको शुक्रबार पुत्ला दहन गरिएको थियो ।

राष्ट्रिय जनता पार्टी राजपाको केन्द्रिय महासचिवहरुको सचिवालय कमिटीको निर्णयले केही जिल्लामा अध्यक्ष मण्डललाई परिवर्तन गर्ने अनुसार निर्णय लिईएको केन्द्रिय महासचिव केशव झाले बताए ।

प्रतिक्रिया