सरकारबिरुद्ध आन्दोलन अघि बढाउने कांग्रेसको निर्णय

काठमाडौं । केपी ओलीको सरकारबिरुद्ध नेपालि कांग्रेसले संसद र सडक आन्दोलन एकैसाथ अघि बढाउने निर्णय गरेको छ । प्रमुख प्रतिपक्ष पार्टी नेपाली कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले ओली सरकारले जनविरोधि काम गरिरहेको आरोप लगाउदै त्यसविरुद्ध सडक आन्दोलन अघि बढाउने निर्णय गरेको हो ।

उक्त बैठकले जन सरोकारको विषयलाई लिएर सरकारविरुद्ध सडक आन्दोलनलाई समेत बल पुर्याउने गरी संघीय संसदमा कुरो उठाउने निर्णय गरेको छ । आन्दोलनको निर्णयका बिषयमा पार्टी संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बताए । त्यस्तै निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको र जनतालाई करको मारमा पार्ने काम सरकारले गरिरहेको कांग्रेसले आरोप लगाएको छ ।

प्रतिक्रिया