महासमितिको बैठकमा कांग्रेसको संशोधित बिधान पारित

काठमाडौं । नौ दिन अघि सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न भएको छ । आज सम्पन्न भएको उक्त बैठकमा कांग्रेसको संशोधित विधान मस्यौदा सर्वसम्मतिले पारित भएको छ ।

महासमिति सदस्यहरुले विधानका बारेमा बैठकमा राखेका जिज्ञासाको बारेमा कांग्रेस सभापति शेरबहादुर देउवाले जवाफ दिएका थिए । देउवाको जावफपछि सदस्यहरुले टेवल ठटाएर समर्थन गरेका थिए ।

सोहि महासमिति बैठकमा विधान मस्यौदा साथै पेश भएका राजनीतिक, सांगठानिक, आर्थिक र लेखा प्रतिवेदनमा सहभागिहरुले उठाएको प्रश्नको जवाफ सभापति देउवाले दिएका थिए । नेपाली कांग्रेसले संघीय संरचना अनुसार पार्टीका संरचना बदल्न विधान संशोधन गरेको छ ।

प्रतिक्रिया