काठमाडौँ । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिकाकि निर्मला पन्त प्रकरणमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । हत्या गरेको आशंकामा काठमाडौंबाट युवालाई पक्राउ गरेको हो । ती युवा कञ्चनपुर निर्मलाकै गाउँको मान्छे भएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताए ।
सो हत्या भएको बेला ती युवा गाउँमै भएको र घटना पछि काठमाडौँ आएको बताइएको छ । उनि युवा घटनामा संलग्न होकी भन्ने आशंकामा पक्राउ गरेको आइ जीपी खनालले बताए । ति युवाको पहिचान भने अहिले खुलाइएको छैन ।
प्रतिक्रिया